Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

५ बागीसहित ११ नेता माओवादीबाट निष्काशित

५ बागीसहित ११ नेता माओवादीबाट निष्काशित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २२, २०७९ मंगलवार • १०:२६:३० बजे
  • 619
    SHARES
  • ५ बागीसहित ११ नेता माओवादीबाट निष्काशित

    नेकपा माओवादी केन्द्रले सर्लाहीका विभिन्न क्षेत्रमा ‘बागी’ उम्मेदवारी दिने नेता र उनीहरुका प्रस्तावक तथा समर्थकलाई पार्टीबाट निष्कासन गरेको छ ।

    images

    पार्टीको निर्णयविपरीत स्वतन्त्र रुपमा ‘बागी’ उम्मेदवारी दिने ११ जना नेतालाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरिएको माओवादी केन्द्रको मधेश प्रदेश समितिका इन्चार्ज गणेश साहले जानकारी दिए ।

    कारबाहीमा पर्नेमा ५ जना बागी उम्मेदवार रहेका छन् भने ६ जना उनीहरुका प्रस्तावक तथा समर्थक रहेका छन् । बागी उम्मेदवारी दिने नेताहरुमा राजनकुमार श्रेष्ठ, जवाहारलाल कुशवाहा, महेन्द्र राय, श्रीचन राय र अनिता देवी रहेका छन् ।

    त्यसैगरी बागी उम्मेदवारहरुको प्रस्तावक तथा समर्थक बस्ने भूपेन्द्रमान श्रेष्ठ, रामबाबु राय, जितलाल राय, कपल सहनी, रामबचन राय र उपेन्द्र यादवलाई पनि माओवादीले पार्टीबाट निष्कासन गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology