मयूरपाटी -भारत हुँदै सलहको एउटा सानो झुण्ड नेपालमा आएपछि कृषि मन्त्रालयमा छलफल सुरु भएको छ । उक्त आकस्मिक बैठक जुमकाे माध्यमबाट भइरहेको छ । बारा जिल्लाको निजगढ, डमरवाना, पिलुवा र मनहरवामा सलहको समूह देखिएको स्थानीयले बताएका छन् ।
सलहको यो समुह भारतको बिहार हुँदै नेपाल प्रवेश गरेको हो। यी सलहहरु हरियाली भएका खेत बारीमा छपक्कै बस्ने र मानिसको चहलपहल हुनासाथ उड्ने निकै चलाख प्रकृतिको रहेको निजगढका स्थानीयले बताएका छन् । सलह ठूला ठूला फट्याङ्ग्राहरूको विशाल बथान हो । यसले सबैखाले अन्न तथा नगदे बालीलाई छिनभरमै सखाप पार्छ ।
हावाको दिशा पछ्याएर १ सय ३० किमि प्रतिघण्टासम्मको गतिमा समूह बनाएर उड्ने यी किराको बथानमामा ४ देखि ८ करोड सम्मको संख्या हुने विज्ञहरुको भनाई छ ।