Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

दाङमा एमालेलाई झड्का, १ सय बढी नेता-कार्यकर्ताले छाडे पार्टी

दाङमा एमालेलाई झड्का, १ सय बढी नेता-कार्यकर्ताले छाडे पार्टी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७९ बिहिवार • १५:२२:०४ बजे
  • 565
    SHARES
  • दाङमा एमालेलाई झड्का,  १ सय बढी नेता-कार्यकर्ताले छाडे पार्टी

    गठबन्धनको पक्षमा माहोल बढ्दै जाँदा दाङमा नेकपा (एमाले) कमजोर बन्दै गएको छ । आफूलाई निकै बलियो पार्टीका रूपमा दाबी गर्दै आएको एमालेका सयौँ नेता कार्यकर्ताले धमाधम पार्टी छाडिरहेका छन्। बुधबार दाङको बंगलाचुली गाउँपालिकामा नेकपा एमाले छाडेर १ सयभन्दा बढी नेता(कार्यकर्ता सतता गठबन्धनमा प्रवेश गरेका छन् ।

    images

    उनीहरूलाई पूर्वसभामुख कृष्णबहादुर महरा, प्रतिनिधिसभा सदस्यकी उम्मेदवार रेखा शर्मा, प्रदेशसभा सदस्य पदका उम्मेदवार राजु खनाललगायतले पार्टीमा स्वागत गरेका थिए । एमाले छाडेकाहरू केही माओवादी केन्द्रमा र केही कांग्रेसमा प्रवेश गरेका हुन् । बुधबार बंगलाचुली गाउँपालिकाको कमिरेचौर र झेल्नेटामा भएका चुनावी सभामा उनीहरू एमाले परित्याग गरी गठबन्धनमा प्रवेश गरेका हुन् ।

    एमाले परित्याग गर्नेहरुमा नेकपा एमाले बंगलाचुली गाउँ कमिटी सदस्य बिनिता गाहा मगर, जीवलाल गाहा मगर, तुलबहादुर विक, खिमान घर्ती मगर, रिखीबहादुर विक, रुपलाल पुन, सुनिल बिक, हिमाल आग्री, ज्ञानबहादुर बिक, सुनिता बिक, बेदबहादुर नेपाली, गोमी नेपाली, जागेश्वर तिवारी, मनि तिवारी, हिमा खत्री, कमला नेपाली, भीमसेन परियार, धनबहादुर नेपाली, लोकबहादुर नेपाली रहेका छन् ।

    त्यस्तै बसन्ती खड्का, दुर्गा नेपाली, ईश्वरी नेपाली, ओबी नेपाली, उमा नेपाली, अश्वरी बिक, गमी नेपाली, बिमल वली, वसन्त वली, मदम डाँगी, प्रकाश वली, गिरबहादुर विक मिजार, बालचन्द्र घर्तीमगर, लुमबहादुर घर्ती, हिमाल घर्ती, रामबहादुर घर्ती, रामबहादुर परियार, बिमल घर्ती, कुमारी बिक, फुर्सी बिक, गणेश आग्री, दिनेश आग्री, वीरेन्द्र रसाइली, दीपक कामी, टेकराज सुनार, तीर्थ घर्तीमगर, सिरिबहादुर विक, गीता बिक, बिश्नी विक, लक्ष्मी घर्ती, नमी घर्ती लगायत नेता–कार्यकर्ताले एमाले छाडेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology