Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गठबन्धनको पक्षमा लाग्न प्रचण्डको आग्रह

गठबन्धनको पक्षमा लाग्न प्रचण्डको आग्रह

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७९ बिहिवार • १५:२५:३८ बजे
  • 574
    SHARES
  • गठबन्धनको पक्षमा लाग्न प्रचण्डको आग्रह

    गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गठबन्धन निर्वाचनको लागि मात्रै नभएर संविधान जोगाउनका लागि भएको बताएका छन् । बिहीबार गोरखाको अजिरकोट गाउँपालिका–३, भच्चेकमा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उनले कुनै संकोच नमानी गठबन्धनको पक्षमा लाग्न आग्रहसमेत गरे ।

    images

    शान्ति प्रक्रियामा गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेदेखि नै कांग्रेस र माओवादीको सहकार्य भएको उनको भनाइ छ । प्रचण्डले भने, ‘कांग्रेस र माओवादी मिलेर नै देशमा शान्ति र परिवर्तन भएको हो ।

    गिरिजाप्रसाद कोइराला र मैले शान्ति प्रक्रियामा एउटै पानामा हस्ताक्षर गरेपछि एकले अर्कालाई त्यही बेलामा स्वीकारेका हौँ । त्यही दिन जय नेपाल र लालसलाम एकठाउँमा भएको हो ।’ उनले प्रतिक्रियावादीहरूले देशमा जातीय द्वन्द्व फैलाउन खोजेको समेत आरोप लगाए । ‘गठबन्धन निर्वाचनको लागि मात्रै भएको होइन ।

    संविधान उल्ट्याएर देशलाई अध्यारोतर्फ धकेल्न खोजेपछि गठबन्धन बनाएका हौँ । यो राष्ट्रको आवश्यक बनेको छ ।’ नागरिकता विधेयक प्रमाणीकरण नगरेर राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको उल्लंघन गरेको बताउँदै भने, ‘अहिले पनि संविधानविरुद्ध शक्तिहरू सक्रिय भएर टाउको उठाउन खोजिरहेका छन् ।’

  • सम्बन्धित विषय:

  • # प्रचण्डको आग्रह
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology