Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचनपछि एमालेको सरकार : ओली

निर्वाचनपछि एमालेको सरकार : ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७९ बिहिवार • १५:२७:१८ बजे
  • 289
    SHARES
  • निर्वाचनपछि एमालेको सरकार : ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी गरेका छन् ।

    images

    बिहीबार झापामा आयोजित चुनावी आमसभालाई सम्बोधन गर्दै उनले मंसिर ४ को निर्वाचनपछि एमालेको सरकार बन्ने बताएका हुन् । उनले भने, ‘अब चुनावपछि गर्छौँ ।

    म आइपुग्दा पनि यहाँहरुले नारा लगाइराख्नु भएको थियो । मंसिर ४ ओली सरकार । मंसिर ४ पछि एमालेले सरकार बनाउँछ । बनाउनैपर्छ ।

    किनकी हामीले एमालेकै सरकार किन चाहियो भन्ने पुष्टि गर्नुछ ।’ उनले एमालेले नौ महिनाको अवधिमा सुकुम्वासी समस्या समाधान गर्ने आधार तय गरेको पनि बताए ।

    सरकार परिर्वतन गराइएको र उक्त अवधिमा भएका कामहरु पूरा गर्न नपाएको उनको गुनासो थियो । उनले इतिहासमा भएका उल्लेखनिय काम एमालेले गरेको बताए ।

    ‘उहिले जमानामा पृथ्वी नारायण शाहको पालामा नेपालको एकीकरण भयो होला । अरु काम नेकपा एमालेले गरेको छ ।’

  • सम्बन्धित विषय:

  • # निर्वाचनपछि एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology