Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेँ : प्रचण्ड

आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेँ : प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २४, २०७९ बिहिवार • १८:०९:१० बजे
  • 472
    SHARES
  • आर्थिक क्रान्ति गर्न गोरखा-२ रोजेँ : प्रचण्ड

    पूर्वप्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष प्रचण्डले राजनीतिक अवस्था परिवर्तन भएपनि जनताको अवस्था परिवर्तन नभएकोले आर्थिक क्रान्ति सम्पन्न गर्न गोरखा आएको बताएका छन् ।

    images


    बिहीबार जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर १ स्थित याच्चोकमा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने– ‘राजनीतिक परिवर्तनको तयारी गोरखाको यही भूगोलबाट गरेको हुँ, राजनीतिक परिवर्तन भयो तर जनताको अवस्था परिवर्तन भएन, जनतालाई समृद्ध बनाउन र देशमा आर्थिक क्रान्ति गर्न गोरखा निर्वाचन क्षेत्र नम्बर २ मा आएको हुँ ।’

    निर्वाचनबाट चुनिएर समग्र गोरखाको विकास निर्माणलाई पूर्णता दिने भन्दै अध्यक्ष प्रचण्डले भने, ‘मैले यसअघि जितेको चितवनमा ६११ किमी बाटो कालोपत्रे भएको छ । म हिडेको धुलेबाटोहरु मेरै कार्यकालमा कालोपत्रे गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।’

    विद्युतको राष्ट्रिय प्रसारण लाइन ल्याउन आफूले पहल गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारी वृद्धि गर्ने, गाउँमा जडिबुटी उद्योग स्थापना गर्ने, हिमाली पर्वतीय पर्यटकीय क्षेत्रको विकास गर्ने र समृद्धिको सन्देश गोरखाबाट देश र विश्वभरि दिने उनले बताए ।

    राजनीतिक क्रान्तिका लागि गोरखा जसरी उर्वर भूमि बन्यो त्यसरी नै समृद्धिको नयाँ क्रान्तिका लागि गोरखा उपयुक्त रहेको आफ्नो ठम्याइ रहेको उनको भनाइ थियो । आर्थिक क्रान्तिको यात्रामा सबैको साथ र सहयोगको अपेक्षा गरेको उनले बताए ।

    चुनावी कार्यक्रमका लागि आज गोरखा आइपुगेका अध्यक्ष प्रचण्ड मुच्चोक, जौवारी, ताकु लगायतका कार्यक्रममा सहभागी हुने बताइएको छ ।

  • सम्बन्धित विषय:

  • # गोरखा-२ रोजेँ : प्रचण्ड
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology