Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

अलिनु जिन्दगी

अलिनु जिन्दगी

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७७ मंगलवार • ११:१६:२९ बजे
  • 3.8K
    SHARES
  • अलिनु जिन्दगी
    न नुन चर्को,न रङ्ग घरको कस्तो अलिनु जिन्दगी 
    प्रवासीलाई प्रवासमा सदा सदा मलिनु जिन्दगी ।

    कुटिन्छन कोही बिच बाटोमै लुटिन्छन कोही 
    यात्रा नटुङ्गिदै एकादेशमा छलिनु जिन्दगी ।

    आएनन् चाडपर्व उस्लाई नआए पाहुना घरका 
    मामुली बिमारी पनि  कालान्तरमा थलिनु जिन्दगी ।

    बाकी नराखी यौवन,समय अनि पसिना सिच्दै
    बनाई घर परचक्री सजाउन दलिनु जिन्दगी।

    परिवार साथीभाई सम्बन्ध आफन्तजनको
    मात्रै निभाउन कर्तव्य पैसामा टलिनु जिन्दगी।

    न नुन चर्को,न रङ्ग घरको कस्तो अलिनु जिन्दगी 
    प्रवासीलाई प्रवासमा सदा सदा मलिनु जिन्दगी ।।

    महेस प्रसाद न्यौपाने 
    वालिङ 12 स्याङ्जा 
    हाल मस्कट ओमनबाट

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology