Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७९ शुक्रवार • १०:०५:३७ बजे
  • 460
    SHARES
  • मंसिर ४ को चुनाव जनमत संग्रह जस्तै हो, संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्नुहोलाः प्रचण्ड

    नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' ले गोरखाले विकास र समृद्धिको अभियानको पनि नेतृत्व गर्ने बताएका छन् ।

    images

    शुक्रबार गोरखाको सिरानचोक- ८ जौबारीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले गोरखाले जनयुद्ध र शान्ति सम्झौताको नेतृत्व गरेको उल्लेख गर्दै अब विकास र समृद्धिको पनि नेतृत्व गर्ने बताएका हुन् ।

    गोरखा- २ बाट प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनका साझा उम्मेदवार रहेका प्रचण्डले गिरिजाप्रसाद कोइराला र आफूले हस्ताक्षर गरेको शान्ति सम्झौतालाई पूर्णता दिने यो अन्तिम अवसर भएको बताए ।

    'गिरिजाप्रसाद कोइराला र मैले हस्ताक्षर गरेर सुरु गरेको यो व्यवस्थालाई पनि र शान्तिलाई पनि अन्तिम अन्तिम टुंगो लगाउने अवसर यो हो,' प्रचण्डले भने, 'सबै पीडितहरूलाई परिपूरण भनेको-आर्थिक सहयोग दिने, परिवारको भरणपोषण, रोजगारी, शिक्षा दिक्षा दिने उनीहरूका नाममा विभिन्न स्थानमा स्तम्भहरू राज्यले नै बनाइदिने पार्कहरू राज्यले नै बनाउने भन्ने नीति पास भइसकेको छ । तपाईंहरूको पूरा सहयोग भयो भने यो कुरा फत्ते गर्न पनि ठूलो शक्ति प्राप्त हुन्छ ।'

    द्वन्द्वपीडितहरूलाई भेदभाव नगरी समान व्यवहार गरिने प्रचण्डको भनाइ थियो । नेपाली कांग्रेससँग आफूहरूको राम्रो समझदारी बनिरहेको उनले बताए । 'द्वन्द्वपीडित सबैलाई यो ऊ नभनीकन समान रूपले सम्बोधन गर्नैपर्छ । म विस्तृत शान्ति सम्झौताको एउटा जीवित हस्ताक्षरकर्ता, दुई जनामध्ये गिरिजाप्रसाद कोइराला अहिले हुनुहुन्न,' प्रचण्डले भने, 'नेपाली कांग्रेसका अहिलेका नेता साथीहरूसँग, प्रधानमन्त्री शेरबहादुर देउवाजीसँग राम्रो समझदारी बनिरहेको छ, तपाईंहरूले देखिरहनु भएकै छ ।'

    उनले राजनीतिक स्थायीत्व र संविधानको रक्षाका लागि दिल खोलेर मतदान गर्न पनि आग्रह गरे । 'राजनीतिक स्थायीत्वको निम्ति, संविधानको रक्षाको निम्ति र विकास र समृद्धिको नयाँ यात्रा सुरु गर्नको निम्ति तपाईंहरूले दिल खोलेर जसरी स्वागत गर्नुभयो, दिल खोलेर मतदान पनि गर्नुहोला,' प्रचण्डले भने, 'जितिहालिन्छ भनेर कसैले अल्छी नगर्नुहोला । गर्न नदिनुहोला ।'

    आफू गोरखामा उम्मेदवार बनेर आउन पाउँदा खुसी भएको उनले बताए । गोरखाका जनताले हृदयदेखि नै आफूलाई दिल खोलेर स्वागत गरेको भन्दै प्रचण्डले धन्यवाद दिए । मंसिर ४ को निर्वाचन संविधान रक्षा गर्ने र संविधान नमान्नेहरूबीचको जनमत संग्रह जस्तै भएको प्रचण्डले बताउ ।

    संविधानको रक्षा गर्ने र उपलब्धीको रक्षा गर्नेहरू एकातर्फ र त्यसलाई उल्ट्याउन चाहनेहरूले अर्कातर्फ उभिएको बताउँदै प्रचण्डले संविधानको रक्षाका लागि गठबन्धनलाई विजयी गराउन आग्रह गरे ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology