Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

एमालेलाई जिउँदै खाने कोसिस भयो : अध्यक्ष ओली

एमालेलाई जिउँदै खाने कोसिस भयो : अध्यक्ष ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७९ शुक्रवार • ११:४२:४३ बजे
  • 706
    SHARES
  • एमालेलाई जिउँदै खाने कोसिस भयो : अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनलाई हुँडारको संज्ञा दिएका छन् ।

    images

    शुक्रबार सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले पछिल्लो पटक वामपन्थी आन्दोलन थिति विधिअनुसार नचलेको भन्दै एमाले जनताको पार्टी भएकाले त्यसको प्रतिवाद गरिरहेको बताए । ‘पछिल्लो पल्ट त वामपन्थी आन्दोलनलाई थिति, विधि नियमअनुसार होइन ।

    अंग्रेजीमा ‘हाइना’ भन्छ । नेपालीमा हुँडार भन्छ, त्यसले मारेर शिकार खाने होइन । ज्यूँदै खान्छ त्यसले, जिउँदै टोक्छ’, ओलीले एमालेलाई सिध्याउँछौ भनेर केही नेताहरूले घोषणा नै गरेको बताए । ‘नेकपा एमालेलाई चारैतिरबाट जिउँदै टोक्ने कोसिस भयो । खुट्टा भेटे खुट्टै, हात भेटे हातै टोक्याछ, टाउको भेटे टाउकै टोक्याछ’, उनले भने, ‘उद्घोष पनि धेरैले गरे ।

    भित्तामा टास्ने, धुलो बनाउने दिउँसै टर्च बालेर हिँडने र सिध्याउने भने । ’ सम्बोधनको सुरुमै अध्यक्ष ओलीले जसपाका नेता अशोक राईलाई आफ्नो उपाध्यक्ष भएको टिप्पणी गरे ।

    ‘२०४७ साल वैशाख १८ गतेको धरानमा भएको कार्यक्रममा मसहित अशोक राई पनि हुनुहुन्थ्यो । भीम आचार्य र अरु साथीहरू पनि हुन्नुहुन्थ्यो’, अशोक राईतर्फ फर्केर उनले भने, ‘अशोक राई त मेरो उपाध्यक्ष नै हो नि !’

  • सम्बन्धित विषय:

  • # एमाले अध्यक्ष ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology