Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

पम्फा भुसालका चुनावी एजेण्डाः पयर्टनबाट ललितपुरलाई यसरी उकास्न सकिन्छ

पम्फा भुसालका चुनावी एजेण्डाः पयर्टनबाट ललितपुरलाई यसरी उकास्न सकिन्छ

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७९ शुक्रवार • २०:२९:१८ बजे
  • 619
    SHARES
  • पम्फा भुसालका चुनावी एजेण्डाः पयर्टनबाट ललितपुरलाई यसरी उकास्न सकिन्छ

    रामहरि कार्की/ललितपुर । ललितपुर क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाकी उम्मेदवार पम्फा भुसालले पयर्टनमा आधारित अर्थतन्त्रलाई चुनावी एजेन्डा बनाएकी छन् । उनले अबको अर्थतन्त्रमा पर्यटन क्षेत्रको महत्त्वपूर्ण भूमिका रहने भएकोले पर्यटन विकास सँगसँगै आर्थिक विकास पनि हुने बताएकी हुन् । आफूले अघि सारेको घोषणापत्रको प्रमुख बुदाँमध्ये यसलाई पनि प्राथमिकतामा राखेकी छन् ।

    images

    उपत्यकाभित्र पयर्टन प्रवर्द्धनका प्रमुख क्षेत्रहरू सम्पदा र जात्रा–पर्वहरू हुन् । ती सम्पदा तथा परम्परागत पहिचानको संरक्षण र प्रवर्द्धन गरेर पर्यटन विकास गर्न सकिने उनको भनाइ छ ।

    भुसालले ललितपुर क्षेत्रका सबै सम्पदाहरूको डिजिटल प्रोफाइल तयार पार्ने र पर्यटकलाई त्यसबारे डिजिटल रूपमै जानकारी दिने कुरा घोषणापत्रमा समेटेकी छन् । ललितपुरको रथ जात्रा, नेवारी, पर्वहरू, खाना, पहिरन, गरगहजस्ता मौलिक संस्कृतिको व्यापक प्रवर्द्धन गरिने उनको योजना छ ।

    ललितपुरको अर्को मुख्य विषेशता हो– हस्तकला । यस क्षेत्रलाई उकास्न पनि बजेट विनियोजन तथा वडागत एजेण्डा तयार गरी काम गरिने भुसालको योजना छ । ‘ललितपुर कला कौसलले भरिपूर्ण शहर मानिन्छ, तर यसलाई जतिसक्दो प्रचारप्रसार गरी पयर्टक भित्र्याउन आवश्यक छ,’ उनले भनिन्, ‘यसो गर्दा एकातिर सम्पदा तथा यहाँको मौलिक कला संस्कृतिको प्रवर्द्धन हुन्छ, अर्कातिर हामीले आम्दानी पनि गर्न सक्छौँ ।’

    उनले ललितपुर क्षेत्र ३ मा कयौँ कला कौसल रहेकोले तीनको जीवन्तताको लागि आफूले विगतदेखि नै संरक्षण जुटेको बताइन् । त्यसको त गुठी विधेयकको विरुद्धमा पनि भुसालले आवाज उठाएकी थिइन् । आफू नेवारी समुदाय र मौलिक संस्कृतिको खानी भएको क्षेत्रको राजनीतिज्ञ भएको हिसाबले त्यहाँका सबैखाले आवश्यकता, अधिकार र समस्यामा सधै खटिने भुसालले जानकारी दिइन् ।

    यसबाहेक भुसालले ललितपुर क्षेत्रमा मठ मन्दिरको संरक्षण, पुर्ननिर्माण र त्यसको रक्षाको लागि आफू सदैव लागिपर्ने बताएकी छन् । उनले यहाँका ऐतिहासिक सम्पदा संरक्षण र विकास निर्माणलाई यसपटकको मुख्य चुनावी एजेण्डा बनाएकी छन् । नेवारी संस्कृति झल्कने गरी नयाँ नयाँ पर्यटकीय क्षेत्रको विकास पनि गरिने भुसालको योजना छ । वितेका ५ वर्षमा पनि उनले आफ्नो चुनावी क्षेत्रमा महत्त्वपूर्ण काम गरेकी छन् । यहाँको सम्पदा संरक्षणमा उनको प्रत्यक्ष सहभागिता रहने गरेको छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology