Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र 'दारी बाजे' सिन्धुपाल्चोकमा

गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र 'दारी बाजे' सिन्धुपाल्चोकमा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २५, २०७९ शुक्रवार • २०:३३:१५ बजे
  • 814
    SHARES
  • गठबन्धनका उम्मेदवारलाई भोट माग्दै गायक चेतन र 'दारी बाजे' सिन्धुपाल्चोकमा

    नेपाली सिने जगत र टेलि चलचित्रहरुका चर्चीत हास्य कलाकार सुरबीर पण्डित 'दारी बाजे'ले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।  
    हास्य प्रस्तुतीमा 'दारी बाजे' नामले चर्चीत पण्डितले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा भएका विभिन्न कार्यक्रममा सहभागि भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे ।

    images

    युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोलि खाएको योद्धा भएको स्मरण गराउँदै उनले राजनीतिमा युवा अघि आउनु खुसीको कुरा भएको बताए । उनले महिला अधिकारका लागि महिलाले नै जित्नु पर्ने र त्यसका लागि मसिना खड्का भण्डारीमा काम गरेर देखाउने क्षमता रहेको चर्चा गरे ।

    लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुती सहित सुबोध र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने सुनाए । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क थियो ।

    यस अघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए । सापकोटाले 'अरु कुरा था छैन, गठबन्धनलाई नजिताई भा'छैन, सुबोध, सरल, मसिनालाई नजिताई भा'छैन' बोलको गित गाएर मतदाता र उम्मेदवारलाई समेत छमछमी नचाएका थिए । सिन्धुपाल्चोकको त्रिपुरासुन्दसी गाउँपालिकाबासीले घर आँगनमा आएका गठबन्धनका साझा उम्मेदवारहरुलाई फूल मालाले अभिनन्दन गरेका छन् । 

    चुनावी प्रचारका लागि घरदैलो, भेटघाट र कोणसभामा सहभागी हुन त्रिपुरासुन्दरीको टेकानपुर, गैरी गाउँ, तौथली, जलजले, पिस्कर पुगेका साझा उम्मेदवारहरु माधव सापकोटा सुबोध, मसिना खड्का भण्डारी र समानुपातिक उम्मेदवारहरु अमृता नेपाल प्रभा, भोजराज श्रेष्ठलगायतलाई स्थानीयले गला भरी माला लगाइदिएर अभिनन्दन गरेका हुन् । स्थानीयले उम्मेदवारहरुलाई सत्कार र सम्मान गर्दै जितका लागि शुभकामना दिए । 

    ऐतिहासिक सुन्दर बस्ती तौथली, जलजले र चर्चीत पिस्करका बासिन्दाले आफूले मत दिने तयारी गरेका उम्मेदवार आफ्नो भूगोलमा आएपछि विहिबार भव्य स्वागत गरेका हुन् । जनताको न्यानो मायाँ र सत्कार पाएका उम्मेदवारहरुलाई शुक्रबार त्यसैगरि धुस्कुन, पात्लेबासीले स्वागत र सत्कार गरे । जितका लागि आशीर्वाद दिए । युवा, महिलादेखि पाको उमेर समुहका स्थानीयले गरेको फूलै फूलको अभिनन्दनका तस्बिरहरु सामाजिक सञ्जालमा क्षणभरमा सार्वजनिक भएका छन् । यसले सिन्धुपाल्चोक १ को चुनावी माहोलको यर्थाथ सार्वजनिक भएको छ ।

    फूल मालाको अभिनन्दनसँगै स्थानीयले भौतिक पूर्वाधार, खासगरि सडक मार्गलाई व्यवस्थित बनाउने विषयलाई पहिलो प्राथमिकतामा राख्ने गरेका छन् । पहाडी बाटोमा बर्षातको समयमा सवारी साधन चल्न कठिन छ । शिक्षा, स्वास्थ्य र रोजगारीका विषय ध्यान दिन र आफूहरुलाई नविर्सन स्थानीयको आग्रह हुने गरेको छ ।

    प्रतिनिधि सभाका लागि क्षेत्र नं १ का साझा उम्मेदवार माधव सापकोटा सुबोधले जलजलेमा भएको कोण सभामा स्थानीयको कुरा सुनेपछि संघीय सांसदको मुख्य भूमिका नीति निर्माण भएपनि तीनवटै तहका सरकारहरुबीचको समन्वयमा भौतिक एवं पूर्वाधार विकासका लागि आफूले विशेष ध्यान दिने प्रतिवद्धता व्यक्त गरे । राजनीतिमा लाग्दा पिस्कर र पिस्कर आन्दोलनबाट प्रभावित भएको बताएका युवा नेता सुबोधले पिस्करमा थामी संग्रहालय निर्माणका लागि आफूले विगतमा गरेको पहलबारे स्मरण गराए । संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा सो क्षेत्रमा अझ धेरै काम गर्न सकिने उनको भनाइलाई स्थानीले तालि बजाएर अनुमोदन गरे । 

    प्रतिनिधि सभा क्षेत्र नं १ का  साझा उम्मेदवार सुबोध, क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्का, समानुपातिकतर्फ माओवादीका प्रदेश सभा उम्मेदवार अमृता नेपाल, नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार भोजराज श्रेष्ठलगायतलाई स्थानीयले शुक्रबार चोकटी क्षेत्रमा पनि पहेंलो सयपत्री मालाले गला भरेर भव्य स्वागत र सत्कार गरे ।

    क्षेत्र नं १ को प्रदेश २ को पत्यक्षतर्फको साझा उम्मेदवार सरल सहयात्रीले शुक्रबार चौतारा साँगाचोकगढी नगरपालिकाको वडा नं २ र ३ मा मतदाता भेटघाट गरे । सययात्रीलाई पनि स्थानीयले उत्तिकै स्नेहका साथ स्वागत एवं अभिनन्दन गरे ।

    क्षेत्र नं १ मा प्रतिस्पर्धीभन्दा दोब्बर मतान्तरले अघि रहेको लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारहरु फराकिलो मतान्तरसहितको जित निकाल्न आन्तरिक एकतालाई थप बलियो बनाउँदै गाँउ बस्तिमा पुगेर मतदाता भेटघाट गरिरहेका छन् । 

    यसैबिच मतदाताको घर आँगनमा पुगेका सिन्धुपाल्चोक क्षेत्र नं २ का लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारहरुलाई पनि स्थानीयले उसैगरि फूल मालाले अभिनन्दन गरेका छन् । क्षेत्र नं २ मा प्रतिनिधि सभातर्फ मोहन बहादुर बस्नेत गठबन्धनका साझा उम्मेदवार छन् ।  प्रदेश सभातर्फ १ मा युवराज दुलाल सरद र २ मा कृष्ण कुमार तामाङ समिर उम्मेदवार छन् । दुबै क्षेत्रका उम्मेदवारहरुले जनताबाट पाएको अपार मायाँले आफूहरुलाई थप उत्साहित बनाएको बताउँदै यो मायाँ र सम्मानलाई नभूल्ने प्रतिवद्धता जनाएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology