धरानका मेयर हर्क साम्पाङले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको भनाइप्रति टिप्पणी गरेका छन्।
शुक्रबार धरानमा आयोजित चुनावी सभामा बोल्दै ओलीले कोशीको पानी धरान ल्याइने बताएका थिए। उनले भनेका थिए, ‘यहाँका मेयरलाई खानेपानी ले, खानेपानी ले भनेर कतिवटा घैला बोकून् बिचरा?।
कसको घरमा खानेपानी पुर्याउने?’ उनले धरानमा खानेपानी ल्याउन राष्ट्रिय बजेट र नेकपा एमालेको सरकार चाहिने बताए। ‘कोशीबाट पम्पिङ गरेर पानी ल्याएर एमालेले धरानवासीलाई खुवाउँछ, तपाईंहरू ढुक्क हुनुस्,’ ओलीले भने, ‘नगरको बजेटले त्यो आयोजना हुन्छ त?
हुँदैन। तर म केही भन्दिनँ, छान्ने बेला आँखा देख्नुभएन।’ यही भनाइलाई लक्षित गर्दै हर्कले ओलीमाथि व्यंग्य कसेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेका छन्, ‘उभिएर भाषणसम्म गर्न नसक्नेले हर्क साम्पाङलाई चुनौती दिएर गएछ! कठै बरा... गफाडी! उसको घरको उसको व्यक्तिगत कमाइजस्तो गर्दो रैछ ! राष्ट्र के हो भन्नेसम्म नबुझ्ने अनपढले राष्ट्रिय बजेटको कुरा गर्ने?’
‘ग्यासको पाइप घर घरमा पुराएर पानी जहाजमा नेपालीलाई शयर गराउनेले कोशीको पानी ल्याउने गफ दिएछ १ म ल्याउँछु पानी कोशीको १ धेरै चुनौती नदिंदा हुन्छ हाउडेले १’ साम्पाङले आफ्नो फेसबुकमा लेखेका छन्।