Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

मध्यरातमा नाइट क्लब पुगे एमाले अध्यक्ष ओली

मध्यरातमा नाइट क्लब पुगे एमाले अध्यक्ष ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १०:२०:२५ बजे
  • 904
    SHARES
  • मध्यरातमा  नाइट क्लब पुगे एमाले अध्यक्ष ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली मध्यरातमा ठमेलको एलओडी क्लबमा पुगेका छन ।

    images

    अध्यक्ष ओली शुक्रबार मध्यरातमा ठमेल स्थित एलओडी क्लब पुगेर युवा पुस्तालाई मन पर्ने ऱ्याप गीत सार्वजनिक गरेको सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागिचुनावी अभियानमा व्यस्त रहेका ओली एलओडी पुगेर ओलीले आफ्नो नाममा बनेको र्‍याप गीत ‘सहर सहरमा ओली’ समेत सार्वजनिक गरेका छन् ।

    उनले आफ्नो फेसबुकमा ‘युवामाझ म (LOD) मा आज युवाहरूलाई मन पर्ने नयॉ ऱ्याप गीत सार्वजनिक गरियो।’ स्टाटस लेखेर तस्बिर सर्बजनिक गरेका छन् । केपी ओलीका बारेमा बनाइएको र्‍याप गीत युट्युबमा भने एक हप्ताअघि नै सार्वजनिक गरिएको थियो। शुक्रबार नै ‘केपी बा’ नाम दिइएको अर्को र्‍याप गीत पनि सार्वजनिक भएको थियो ।

    ओलीले क्लबमा करिब ४० मिनेट बिताएका थिए । ओली आज चुनावी सभालाई सम्बोधन गर्न सुदूरपश्चिम प्रदेश जाँदैछन् । ओलीले बिहान ११ बजे डोटीको दिपायल, २ बजे कैलालीको अत्तरियामा र ४ बजे लम्कीको चुनावी सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

  • सम्बन्धित विषय:

  • # एमाले अध्यक्ष ओली
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology