Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

उम्मेदवारलाई भोटकाे चिन्ता, किसानलाई धान थन्काउनकै चिन्ता

उम्मेदवारलाई भोटकाे चिन्ता, किसानलाई धान थन्काउनकै चिन्ता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १०:३१:११ बजे
  • 514
    SHARES
  • उम्मेदवारलाई भोटकाे चिन्ता, किसानलाई धान थन्काउनकै चिन्ता

    चुनावी सरगर्मी बढ्दै गर्दा उम्मेदवार, नेता र कार्यकर्तालाई भ्याइनभ्याइ छ । आसन्न मङ्सिर ४ गते तोकिएको प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा धेरैलाई चुनावले तानेको छ ।

    images

    किसानलाई चुनावी सरगर्मी भन्दा खेतीपातीको चटारो छ । बरु उनीहरु पानीले पाकेको धान थन्क्याउन नदिएला कि भनेर पिरोलिएका छन् । पाकेको धान भकारीमा थन्क्याउने चटारोमा छन् । जिल्लाका अधिकांश किसान यतिबेला धान थन्क्याउने चटारोमा छन् । उनीहरुलाई निर्वाचनमा कसले जित्ला र सरकार बनाउँला भन्ने भन्दा पनि यो पटक कति धान भित्र्याइएला भन्ने चिन्ता बढी छ ।

    इलाम सूर्योदयका जगन्नाथ सापकोटा भन्नुहुन्छ, “वर्षभरिको कमाइ यहीँ धान हो भकारीमा थन्क्याउन मौसमले नदेला की भन्ने मात्र पिर छ ।” पोहोर साल बिटा लगाउन ठिक्क पारेको धान झरी परेर बर्बाद पारिदिएको सम्झिदै उहाँले भन्नुभयो, “यो साल त बेलैमा धान भ्यिाउन पाए हुन्थ्यो ।” सापकोटालाई निर्वाचन नेताको लागी मात्र हो जस्तै लाग्छ ।

    “चुनाव त नेताका लागी त रहेछ एकदिन भोट हाल्न जाउँला, जस्ले जितुन, काम कसैले गर्ने होइन क्यारे ।” उहाँले विसं २०४८ बाट निरन्तर मतदान गर्दै आउनुभएको छ । “ म जस्ता हजारौँ किसानको दुख जस्ताको त्यस्तै छ । उनीहरु भोट जितेर जान्छन् हाम्रो दुःख हामीसँगै ।”

    माईजोगमाईका रोशन दियालीको खेतमा समयमा नै मल नपाएर धान सधैँ जस्तो फलेको छैन । बेलामा मल लगाउन नपाएपछि धानको बाला कम लागेको गुनासो गर्दै दियाली भन्नुहुन्छ, “उ त्याँ हेर्नुन्, धानको गुबो नै आउन सकेन । कमसेकम किसानलाई मल बीउविजन मात्रै बेलैमा पाए काम गरेर खान त सकिन्छ ।” पटकपटक चुनाव जिताएर पठाएका जनप्रतिनिधिले केही राहत पुर्याउन नसकेको भन्दै किसान निराश देखिन्छन् ।

    फाकफोकथुम वडा नं ३ की प्रमिला राईको १६ मुरी धान फल्ने खेत छ । तर मल र खेताला लगाउन नसक्दा यो पटक आधा खेत बाँझै राख्नुपर्यो । राईले भन्नुभयो ,“अर्मपर्म जान सकिदैन, साना बच्चा छन् । जसोतसो छ गरा धान लगाएको थिए । अब थन्क्याउने बेला मुस्किल छ”, खेताला अभावका कारण एक्लै धान काट्ने तयारी सुनाउँदै उहाँ भन्नुहुन्छ ,“एक हप्ता लगाएर एक्लै काट्छु भोटहाल्न जानुभन्दा त एक गरा धान पो काटिन्छ ।”

    बिहान उठेदेखि साँझसम्म खेतबारीमा नङ्ग्रा खियाएर गुजारा टार्दै आएका किसानलाई निर्वाचनले छोएको छैन । “मङ्गलबार एकैदिन दुई हुल मानिस आएर आआफ्नै पार्टीको भोट मागेर गए । दिनभरिको काम गफ गरेरै बित्यो”, इलाम साँघुबेसीका हर्क मगरले भन्नुभयो, “यो गर्छौ, त्यो गर्छौ भोट चाहियो भन्नुभयो ।

    आफूलाई पाकेको अन्न घर भित्र्याउन चिन्ता छ । के को घोषणापत्र ? कस्तो योजना ? वास्ता पो गरिएन ।” इलामका अधिकांश किसान धान खेतीमा निर्भर छन् । धान र चिया नै इलामका कृषकको मुख्य खेती मानिन्छ । किसानका समस्या भने धेरै छन् । न समयमा मल पाइन्छ न त राज्यले बीविजनमा अनुदान नै दिन्छ । आधुनिक कृषि प्रविधिको अभाव छ ।

    उनीहरु सामान्यताः खेतबारीमा काम गर्दा प्रयोग हुने गम्बुट, डोका, नाम्ला र बीउविजन सरकारले उपलब्ध गराए हुन्थ्यो भन्छन् । सुन्दा सामान्य लागेपनि किसानका लागि यो ठूलो अभाव हो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology