Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भोट खसाल्न आतुर छु’ : नयाँ मतदाता

भोट खसाल्न आतुर छु’ : नयाँ मतदाता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १०:३३:०६ बजे
  • 334
    SHARES
  • भोट खसाल्न आतुर छु’ : नयाँ मतदाता

    दोधारा चाँदनी । कञ्चनपुरको बेदकोट नगरपालिका–९ का सरला पन्त आगामी मङ्सिर ४ गते हुने निर्वाचनमा पहिलो पटक मतदान गर्ने तयारीमा छिन् । जीवनमा पहिलो पटक मतदान प्रक्रियामा सहभागी बन्न पाउँदा आफूलाई धेरै उत्सुकता जागेको उनले बताइन् ।

    images

    ‘पहिलो पटक भोट हाल्दै छु कस्तो होला के होला भनेर उत्सुकता जागेको छ’, उनले भनिन्, ‘जताततै चुनावको मात्रै कुराकानी सुन्दा भोट खसाल्न आतुर छु ।’ उनले आफूले पहिलो पटक गरेको मतदान खेर नजाओस् भन्ने अपेक्षा गरेको बताइन् । गाउँमा गुणस्तरीय शिक्षा, युवालाई रोजगारीको सिर्जना हुनेगरी काम गर्नसक्ने र जनताको समस्या समाधानका लागि पहल गर्ने उम्मेदवारलाई मतदान गर्ने उनले बताइन् ।

    ‘हाम्रो देशमा रोजगारीको धेरै समस्या छ, मुख्य कुरा रोजगारीको अन्त्य हुनुपर्छ’, उनले भनिन्, ‘विकास गर्ने भिजन भएको, सक्षम र इमान्दार उम्मेदवारलाई मतदान गर्छु ।’ त्यसैगरी बेदकोट नगरपालिका–७ का राजेश भट्ट पनि पहिलो पटक मतदान प्रक्रियामा सहभागी हुँदै छन् । उनले पनि मतदान गर्न उत्सुकता जागेको बताए ।

    ‘पहिलो पटक मतदान गर्न पाउँदा खुसी छु, मतदान गर्न आतुर पनि छु”, उनले भने, ‘भ्रष्टाचार नगर्ने, जनताका पक्षमा काम गर्ने उम्मेदवारलाई भोट दिन्छु ।’ उनले मत माग्न घरमा आउने उम्मेदवारले विकासका काम गर्ने आश्वासन दिएको बताए । “घरमा सबै पार्टीका उम्मेदवार आएका छन् विकास गर्छौँ, भोट दिनुस् भन्छन’, उनले भने, ‘उम्मेदवारहरुले गर्छु भनेका काम पूरा गर्छन् होला भन्ने लागेको छ ।’

    भीमदत्त नगरपालिका–१८ का धीरज जोशी पनि मत हाल्न आतुर छन् । तर गाउँमा चोक चौतारोमा सुनिने नेताहरुप्रतिका नराम्रा टिप्पणीले भने नेताहरु आश्वासन मात्रै दिने हुन कि भन्ने भय रहेको उनले बताए। ‘नेताहरुको मात्रै विकास हुनु भएन जनताको पनि विकास हुनुपर्छ’, उनले भने, ‘आफूले सोचेजस्तो विकल्प नभए पनि राम्रो सक्षम उम्मेदवारलाई भोट हाल्छु ।’ उनले मतदान सबैभन्दा ठूलो दान भएकाले उम्मेदवारले यसको सदुपयोग गर्नुपर्ने बताए । नयाँ मतदाता मात्रै होइन पुराना मतदाता पनि मतदान गर्न आतुर छन् ।

    बेदकोट नगरपालिका–७ का देवकी पन्त आउँदो मङ्सिर ४ मा चौथो पटक मतदान गर्दै छिन् । ‘अघिल्लो निर्वाचनमा मत दिएकाले राम्रो काम गर्न सकेनन् यसपटक मत परिवर्तन गर्छु”, उनले भनिन्, ‘हाम्रो क्षेत्रको विकास गर्नसक्ने उम्मेदवारलाई मत दिन्छु ।’ चुनावी मिति नजिकिर्दै गर्दा निर्वाचन आयागले तयारी अन्तिम चरणमा पुगाएको छ । उम्मेदवार मतदाता रिझाउन अन्तिम कसरतमा लागेका छन् ।

  • सम्बन्धित विषय:

  • # नयाँ मतदाता
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology