Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

कतारले श्रमिकमाथि गरेकाे अत्याचार मुद्दा विश्वव्यापी बन्दै

कतारले श्रमिकमाथि गरेकाे अत्याचार मुद्दा विश्वव्यापी बन्दै

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १०:४२:३२ बजे
  • 787
    SHARES
  • कतारले श्रमिकमाथि गरेकाे अत्याचार मुद्दा विश्वव्यापी बन्दै

    विश्वकप फुटबल सुरु हुने दिन नजिकिँदै गर्दा आप्रवासी श्रमिकको शोषणका मुद्दा चर्काे रूपमा उठ्न थालेका छन्।

    images

    महाकुम्भका रूपमा कतारमा मङ्सिर ४ गते सुरु हुने विश्वकप फुटबल प्रतियोगिता सञ्चालन गर्ने रङ्गशाला निर्माणमा खटिएका आप्रवासी श्रमिक चरम शोषण भएको प्रतिवेदन बाहिरिएका छन्।

    एकपछि अर्को गर्दै सार्वजनिक भइरहेका प्रतिवेदनले कतारमा रङ्गशाला निर्माणका क्रममा आप्रवासी श्रमिकमाथि शोषण भएका घटना बाहिर ल्याइरहेका हुन्। कतारले विश्वकप आयोजना गर्ने निर्णय हुँदा कतारसँग दुईवटा मात्र रङ्गशाला थिए। अहिले कतारसँग आठवटा रङ्गशाला छन्।

    यसबाहेक हजारौँ किलोमिटर नयाँ सडक, रेलमार्ग, विमानस्थल र सयौँ होटल बनाइएका छन्।

    १० वर्षमा कतारले बनाएका यी संरचना निर्माणका क्रममा हजारौँ आप्रवासी श्रमिकको ज्यान गएको र धेरैले तोकिएबमोजिमको पारिश्रमिक नपाएको तथा काम गर्ने क्रममा न्यूनतम सुविधा नदिएको आरोप लगाइँदै आएको छ।

    कतारमा दुईवटा रङ्गशाला मर्मत सुधार र छवटा नयाँ निर्माणका लागि दैनिक ३० हजार आप्रवासी श्रमिकले काम गरेको र उनीहरूमध्ये अधिकांशले तोकेको पारिश्रमिक त पाएनन् नै निर्माणका क्रममा न्यूनतम मानवीय सुविधाबाट वञ्चित भएको प्रतिवेदन रिपोर्ट सार्वजनिक गरिएको छ।

    कतारमा रङ्गशाला निर्माणमा खटिएका आप्रवासी श्रमिकको भोगाइमा केन्द्रित भएर एक्युरियम (अन्तर्राष्ट्रिय मानव अधिकारसम्बन्धी संस्था)ले बिहीबार राति सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो उल्लेख गरिएको हो।

    याे खबर गाेरखापत्र दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology