Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

पौडेललाई चुनौती बन्दै राजधानी मुद्दा

पौडेललाई चुनौती बन्दै राजधानी मुद्दा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १०:४६:०७ बजे
  • 637
    SHARES
  • पौडेललाई चुनौती बन्दै राजधानी मुद्दा

    रूपन्देही निर्वाचन क्षेत्र नं २ मा सत्ता गठबन्धनबाट उम्मेदवार बनेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का राजु गुरुङको उम्मेदवारी रद्द भएपछि एमाले समर्थकले निर्वाचनअघि नै आफ्नो ‘खाता खुलेको’ भन्दै खुसीयाली व्यक्त गरे।

    images

    यो क्षेत्रमा एमालेका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल उम्मेदवार छन्। चेक बाउन्स प्रकरणमा कालो सूचीमा रहेकाले गुरुङको उम्मेदवारीमाथि दाबी विरोध परेको थियो। सोहीअनुसार निर्वाचन आयोगले उनको उम्मेदवारी रद्द गरेको थियो; जसलाई सर्वोच्चले समेत सदर गरिसकेको छ।

    यसरी सत्ता गठबन्धन उम्मेदवारविहीन बन्दा देशभरका एमालेका नेता–कार्यकर्ताले खुसीयाली मनाएका थिए तर सत्ता गठबन्धन उम्मेदवारविहीन बसेन। राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशवबहादुर थापाले यही क्षेत्रबाट उम्मेदवारी दिएका थिए। गठबन्धनले उनैलाई सहयोग गर्ने निर्णय लियो।

    सत्ता गठबन्धनले थापालाई समर्थन गरे पनि एमालेले उनलाई अझै प्रतिस्पर्धी देखिरहेको छैन तर आन्तरिक रूपमा भने ऊ डराइरहेको स्थिति छ। डरका कारण थापाको बलियो जनमतभन्दा बढी पौडेलकै विगतका अभिव्यक्ति र आश्वासन चुनौती बनेका छन्। त्यसमा प्रदेश स्थायी राजधानीको मुद्दा पेचिलो बनेको छ।

    २०७४ को निर्वाचनभर पौडेलले ५ नम्बर प्रदेशको राजधानी बुटवल आफूले मात्र बनाउन सक्ने भन्दै मत मागेका थिए। यो निर्वाचन क्षेत्रमा बुटवल उपमहानगरपालिकाका १९ मध्ये १३ वडा, बुटवलसँगै जोडिएका तिलोत्तमा नगरपालिकाका ६ वडा र सैनामैना गाउँपालिकाका ४ वटा वडा समावेश छन्।

    यहीकारण उतिबेला बुटवल राजधानीको विषय निकै ‘बिकाउ’ थियो। यही कुरालाई फाइदा उठाउन पौडेलले राजधानीका लागि ‘अति उत्तेजक’ भाषणसमेत गरेका थिए। त्यही भाषणमध्येको एक क्लिपलाई सत्ता गठबन्धनले उत्खनन गरेर भाइरल पारिरहेको छ। याे खबर नागरिक दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology