Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल

दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • ११:००:३१ बजे
  • 553
    SHARES
  • दलीय स्वतन्त्रका लागि सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित हुनुपर्छ : मन्त्री भुसाल

     ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको रक्षा र दलीय स्वतन्त्रताका लागि सत्तागठबन्धन आगामी चुनावमा निर्वाचित हुनुपर्ने बताउनुभएको छ ।

    सत्ता गठबन्धन ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उहाँले नेपाली कांग्रेसले प्रजातन्त्रको स्थापना र पुनःस्थापनाका लागि निरन्तर सङ्घर्ष गरेको स्मरण गर्दै पछिल्लो अवस्था पनि हजारौं सहिदको बलिदानबाट प्राप्त संविधानको रक्षाका लागि खडा भएको गठबन्धनका उम्मेदवारलाई निर्वाचित गराउन आग्रह गर्नुभयो ।

    ललितपुर निर्वाचन क्षेत्र ३ का प्रतिनिधिसभा सदस्यका उम्मेदवारसमेत रहनु भएका मन्त्री भुसालले भन्नुभयो, “लोकतन्त्रका लागि निरन्तर सङ्घर्ष गरेको नेपाली कांग्रेसका साथीहरूले पार्टीका शीर्ष नेतृत्वलाई शिरोधार्य गरेर संविधानको रक्षाका लागि अग्रगामी मोर्चालाई निर्वाचित गराउनु हुनेछ ।” आगामी निर्वाचनमा अग्रगामी गठबन्धन र प्रतिगामी गठबन्धन निर्वाचनमा रहेको उल्लेख गर्दै उहाँले विगतको शिक्षाले पनि प्रगतिगामी मोर्चालाई पराजित गर्नुपर्ने समय आएको बताउनुभयो ।
    ललितपुर जिल्ला जहिले पनि परिवर्तनको पक्षमा उभिएको इतिहास स्मरण गर्दै मन्त्री भुसालले भन्नुभयो, “यहाँका जनताले २०४६ को आन्दोलन पाटनबाट शुरु भएको थियो । यही जिल्लाका जनता सबैभन्दा पहिला राजतन्त्रमुक्त देश घोषणाको आन्दोलनमा होमिनु भएको थियो । अब पनि ललितपुरबासीले प्रतिगमनकारी गठबन्धलाई पररास्त गर्नेछन् ।”

    गठबन्धनलाई जिताउने हाम्रो जिम्मेवारी हो : मदनबहादुर अमात्य

    नेपाली कांग्रेसका केन्द्रीय सदस्य मदनबहादुर अमात्यले व्यक्तिगत इच्छा र आकांक्षालाई छोडेर आन्दोलनमा होमिएको कांग्रेसका नेता कार्यकर्ताले प्रतिगमनका विरुद्ध एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सबैजना प्रतिबद्ध भएर गठबन्धनका उम्मेदवार जिताउन लाग्नुपर्छ, त्यसका लागि इमान्दारीपूर्वक लाग्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु ।”

    मङ्सिर ४ गतेमा परिवर्तन र प्रजातन्त्रमा विश्वास राख्नेहरुले दायित्व पूरा गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “राष्ट्रियता र लोकतन्त्रलाई कांग्रेसले बिर्सनु हुन्न, व्यक्तिगत विचार थाँती राखेर पार्टीको निर्देशन र निर्णयलाई मानेर गठबन्धनका लागि भोट माग्न आएको छु ।” गठबन्धन बाहिरका पार्टीलाई निर्वाचित हुन दिन नहुने बताउँदै उहाँले गठबन्धन देश र पार्टीका लागि आवश्यक भएको स्पष्ट पार्नुभयो ।

    images

  • सम्बन्धित विषय:

  • # ऊर्जामन्त्री भुसाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology