Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

माधव नेपाल भिजेको खरानीको डल्ला:ओली

माधव नेपाल भिजेको खरानीको डल्ला:ओली

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १८:२२:२४ बजे
  • 397
    SHARES
  • माधव नेपाल भिजेको खरानीको डल्ला:ओली

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आगामी निर्वाचनपछि समाप्त हुने टिप्पणी गरेका छन् ।

    images

    कैलालीको अतरियामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले परित्याग गरेसँगै माधव नेपालको राजनीतिक भविष्य समाप्तितिर गएको भन्दै आगामी निर्वाचनमार्फ समाप्त हुने टिप्पणी गरेका छन् ।

    माधवलाई खरानीको डल्लासँग तुलना गर्दै अध्यक्ष ओलीले भने– ‘माधव नेपाल पानीले भिजेको खरानीको डल्ला जस्तै हुन् । मंसिर ४ को निर्वाचनपछि त्यो डल्ला जस्तै समाप्त हुनेछन् ।’

    अध्यक्ष ओलीले माधवले आगामी निर्वाचमा अनेक अपराधको सजाय पाउने समेत बताएका छन् । एमालेबाट विद्रोह गरेर अपराध गरेको भन्दै ओलीले नेपाली जनताले सजाय दिने बताएका हुन् ।

    अध्यक्ष ओली माधवसँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’विरुद्ध पनि उत्तिकै खनिएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology