Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

यो निर्वाचन अग्रगमन र प्रतिगमनबीचको जनमत सङ्ग्रहजस्तै हो: प्रचण्ड

यो निर्वाचन अग्रगमन र प्रतिगमनबीचको जनमत सङ्ग्रहजस्तै हो: प्रचण्ड

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १८:२७:१३ बजे
  • 553
    SHARES
  • यो निर्वाचन अग्रगमन र प्रतिगमनबीचको जनमत सङ्ग्रहजस्तै हो: प्रचण्ड

    चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले आउँदो मंसिर ४ गतेको प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचन देशलाई अगाडि लैजाने कि पछाडि धकेल्ने भन्ने जनमत संग्रहजस्तै भएको बताउनु भएको छ।
    चितवनमा वाम लोकतान्त्रिक गठबन्धनले शनिबार आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले देशलाई अग्रगमनतिर लैजाने कि प्रतिगमनतिर भन्ने सवाल जनमत सङ्ग्रहजस्तै हुने बताउनु भएको हो।

    images


    अध्यक्ष प्रचण्डले अबको निर्वाचनबाट देशमा फेरि राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पराजित गर्ने गरी जनताले एकता प्रदर्शन गर्नुपर्ने बताउनु भयो।


    ‘चितवनवासी जनसमुदायलाई म अपिल गर्न चाहन्छु, हामीले इतिहासको यो अवसरलाई विल्कुल गुम्न दिनु हुँदैन’, अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘यो निर्वाचन वास्तवमा विकास, समृद्धिको नयाँ यात्रातिर देशलाई लैजाने हो या अराजकता, निरंकुशता, सामन्तीतन्त्रतिर लैजाने भन्ने जनमत संग्रहजस्तो हुँदैछ।’


    १२ बुँदे समझदारी, विस्तृत शान्ति सम्झौता, संविधान सभा र संघीय लोकतान्त्रिक गणतन्त्रमा नेपाली जनताले बृहत एकताको प्रदर्शन गरेको चर्चा गर्दै अध्यक्ष प्रचण्डले मंसिर ४ को निर्वाचनमा पनि देशभरिका जनताले वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई जिताएर राजनीतिक दुर्घटना गर्न खोज्ने प्रतिगामी र अवसरवादी तत्वहरुलाई पराजित गराउनु पर्ने बताउनु भयो। 
    देशलाई प्रतिगामी यात्रामा लैजान खोज्ने पश्चगामी र अवसरवादी तत्वहरुलाई पराजित गरेर मात्रै स्थिरता र विकासको नयाँ मार्ग खुल्ने उहाँको भनाई थियो।


    अहिलेको सत्ता गठबन्धन बनेपछि प्रतिगमनको खतरा कम बन्दै गएको र अग्रगमन विजयी बन्दै गएको प्रचण्डले बताउनु भयो। 
    ‘संविधानको रक्षा, लोकतान्त्रिक गणतन्त्र र राष्ट्रको रक्षाको पुनित उद्देश्यले नै यो गठबन्धन बनेको हो। यो गठबन्धन बनेपछि देश सकारात्मक दिशामा अगाडि बढेको छ। 


    म गोरखाका जनताको ऋणी हुँ


    आफू चितवनबाट चुनाव नलडेर गोरखा जानुको प्रसङ्ग निकाल्दै अध्यक्ष प्रचण्डले आफूले चितवन छोडेको नभई गोरखाका जनताको ऋणी भएकाले यसपटकको निर्वाचनमा गोरखा रोजेको बताउनु भयो।


    ‘म गोरखा जानुको पनि कारण छ, पहिला रोल्पा, काठमाडौं, सिरहा, चितवन हुँदै अहिले गोरखा पुगेको छु,’ उहाँले भन्नुभयो, ‘म गोरखाको जनताको ऋणी छु। जवानीमा ३ वर्ष अध्यापन गरेँ, पञ्चायत विरुद्धको आन्दोलनको सबै काम मैले गोरखाबाट गरेँ। अनि जनक्रान्तिको तयारी पनि गोरखाबाटै गरेको कारणले र गोरखाका सबै वुद्धिजीवी साथीहरुले आग्रह भएपछि र हामी गठबन्धनमा पनि चर्चा गरेपछि उता गएको हुँ। चितवन छाडेको होइन।’


    चितवनसँग हिजोजस्तै सम्बन्ध अहिले पनि रहिरहेको र भोलि पनि रहिरहने प्रचण्डले बताउनु भयो। उहाँले भन्नुभयो, ‘चितवनसँगको मेरो सम्बन्ध हिजो पनि छ, आज पनि छ, भोलि पनि रहिराख्ने छ। चितवनमा विकासका पूर्वाधार बनेका छन्, ती पूर्णतातिर जानेछन्, म निरन्तर निगरानी गरिरहनेछु। 

     

  • सम्बन्धित विषय:

  • # जनमत सङ्ग्रहजस्तै हो
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology