Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लोकतान्त्रिक गठबन्धन: श्रेष्ठ 

केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लोकतान्त्रिक गठबन्धन: श्रेष्ठ 

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २६, २०७९ शनिवार • १८:२९:३५ बजे
  • 460
    SHARES
  • केपी ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लोकतान्त्रिक गठबन्धन: श्रेष्ठ 


    अछाम । नेकपा माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले एमाले अध्यक्ष केपी शर्मा ओलीको बयलगाडा प्रवृत्तिविरुद्ध वाम लोकतान्त्रिक गठबन्धन बनेको बताएका छन्। 

    images


    बयलगाडा प्रवृतिले दुई पटक संविधान विघटन गरेर देशलाई प्रतिगमनतिर धकलेपछि शान्ति प्रक्रियाका मुख्य नेताहरूले तथा पार्टीले देशलाई अग्रगमनतिर लैजान एक भएको श्रेष्ठले बताए। 

    Achham pro (2).jpg
    शनिबार अछामको कमलबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै श्रेष्ठले प्रतिगमनविरुद्ध लड्ने क्रममा गठबन्धन जन्मिएको बताउँदै श्रेष्ठले   चुनावपछि सातवटै प्रदेश र संघीय सरकार बनेर विकास र समृद्धि बाटोमा देशलाई अघि बढाउने बताए। 


    श्रेष्ठले अब बन्ने गठबन्धन सरकारले शान्ति प्रक्रियाका बाँकी कामको टुङ्गो बताउँदै द्वन्द्वपीडितलाई न्याय दिने बताए। त्यस्तै गठबन्धन सरकारले कमलबजारको विमानस्थल सञ्चालनमा ल्याउने बताए। 


    सभालाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका उपमहासचिव गंगालाल तुलाधरले गठबन्धनले जितिसकेको र घोषणा हुन बाँकी रहेको बताए। नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दुई तिहाइ नजिकको सरकार बनेपछि बाँदरलाई दौरा सुरुवाल लगाएजस्तै खसखस भएर दुई पटक संविधान विघटन गरेको बताए। उनले सूर्य चिन्ह च्यातेर राजेन्द्र र कमल थापालाई दिएको बताए। 


    सभालाई सम्बोधन गर्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले देशको आवश्यकताले गठबन्धन बनेको बताए। प्राप्त राजनीतिक उपलब्धिको रक्षाको लागि गठबन्धनका उम्मेदवारलाई जिताउन आग्रह गर्दै महरले संविधान र लोकतन्त्रको रक्षाको लागि भीम रावलले पनि गठबन्धनलाई सहयोग गर्ने विश्वास व्यक्त गरे।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology