Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

फम्फा भुसाल भन्छिन्- चुनाव जित्छु भन्नेमा ढुक्क छु

फम्फा भुसाल भन्छिन्- चुनाव जित्छु भन्नेमा ढुक्क छु

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • १२:१३:४३ बजे
  • 709
    SHARES
  • फम्फा भुसाल भन्छिन्- चुनाव जित्छु भन्नेमा ढुक्क छु

    नेकपा माओवादी केन्द्रकी उपमहासचिव पम्फा भुसाल प्रतिनिधिसभाको निर्वाचन जित्नेमा आफू ढुक्क छिन् ।

    images

    उर्जा, जलश्रोत तथा सिँचाईमन्त्री समेत रहेकी भुसालले आइतबार ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ को चुनावी घरदैलो कार्यक्रममा बोल्दै आफू यसअघि पनि दुई पटक यस क्षेत्रबाट विजयी भइसकेकाले यसपटक पनि विजयी हुनेमा विश्वस्त रहेको बताइन् ।

    ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ का जनताको लागि राम्रा कामहरु गरेकाले पराजय भोग्नुपर्ने अवस्था नआउने उनको दाबी छ । मन्त्री भुसालले घरदैलो कार्यक्रममा आम मतदाताहरु सत्ता गठबन्धन र विशेष गरी आफूसँग खुशी र सन्तुष्ट रहेको बताइन् ।

    आसन्न निर्वाचनलाई लक्षित गरी विभिन्न क्षेत्रका प्रतिनिधि र प्रदेश सभा उम्मेदवारहरुले आफ्नो प्रचारप्रसारका लागि यति बेला घरदैलो कार्यक्रमलाई तीब्र बनाएका छन् ।

    आम मतदाताको घरमा पुगेर उम्मेदवारहरु आफूलाई भोट माग्न लागिपरेका छन् ।

  • सम्बन्धित विषय:

  • # फम्फा भुसाल भन्छिन्
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology