Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि गठबन्धन : रामचन्द्र

लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि गठबन्धन : रामचन्द्र

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २७, २०७९ आइतवार • १९:२४:५४ बजे
  • 337
    SHARES
  • लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि गठबन्धन : रामचन्द्र

    नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पाएका उपलब्धिको रक्षा गर्दै आर्थिक विकास र समृद्धिको लागि गठबन्धन भएको बताएका छन् ।

    images

    जिल्लाको व्यास नगरपालिका-९ मा आज आयोजित कार्यकर्ता भेटघाटमा उनले पाँच दलीय गठबन्धन अपरिहार्य रहेको, देशमा सुशासन कायम कायम गर्न र भ्रष्टाचार नियन्त्रणका लागि जोड दिइने प्रतिबद्धता व्यक्त गरे ।

    जिल्लाको विकासमा हिजो सत्तामा रहँदा र नरहँदा देश र जिल्लाको विकासमा लाग्दै आएको र आउँदा दिनमा पनि काम गर्ने स्पष्ट पारे । कहीँ कतै बिचलित नभई गठबन्धन शक्तिलाई जिताउनुपर्नेमा उनले जोड दिए ।

    उनले भने, ‘अधूरा काम पूरा गर्नेछु, जनता सामु बोलेका कुरा व्यवहारमा लागू गरेर छाड्ने बाचा गर्छु ।’ सत्तामा जान र पदका लागि मात्रै गठबन्धन नभएको उल्लेख गर्दै नेता पौडेलले लोकतन्त्र, गणतन्त्र र संविधान जोगाउनको लागि पार्टी गठबन्धन गरिएको स्पष्ट पारे ।

    गाउँका युवा शक्तिलाई विदेशिनबाट रोक्नका लागि स्वदेशमा बसेर रोजगारी गर्ने अवसरको ढोका खोलेर आर्थिक क्रान्ति गर्ने लक्ष्य रहेको उनले बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology