Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचन पछि माओवादीभन्दा एमाले सानो दल हुन्छ:माधव

निर्वाचन पछि माओवादीभन्दा एमाले सानो दल हुन्छ:माधव

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७९ सोमवार • ११:५९:३५ बजे
  • 613
    SHARES
  • निर्वाचन पछि माओवादीभन्दा एमाले सानो दल हुन्छ:माधव

    नेकपा एकीकृत समाजावादीका अध्यक्ष माधवकुमार नेपालले नेकपा एमाले तेस्रो दल बन्ने प्रक्षेपण गरेका छन् ।

    images

    मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमार्फत नेपाली कांग्रेस पहिलो र नेकपा माओवादी केन्द्र दोस्रो हुने दाबी गरेका अध्यक्ष नेपालले एमाले तेस्रो पार्टीे मात्र बन्ने प्रपेक्षण गरेका हुन् ।

    नेकपा एमाले माओवादीभन्दा पनि सानो दल बन्ने प्रक्षेपण गरेका अध्यक्ष नेपालले आफ्नो पार्टीले भने चौथौं स्थान कायम राख्ने दाबी गरेका छन् । कान्तिपुरसँगको अन्तरर्वाताको क्रममा सोधिएको ‘सहयोगी दलहरुको सिट कति आउँछ ?’ भन्ने प्रश्नको जवाफमा अध्यक्ष नेपालले भने– ‘मैले हेर्दा खेरि नेपाली कांग्रेस सबैभन्दा ठूलो पार्टी हुन्छ ।

    दोस्रोमा माओवादी केन्द्र आउने सम्भावना छ । तेस्रोमा एमाले आउँला, चौथोमा हामी आउँछौं ।’ पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले कांग्रेस पहिलो दल बनेता पनि बहुमत प्राप्त गर्न नसक्ने बताएका छन् ।

    उनले भने– ‘कांग्रेसको पनि बहुमत त पुग्दैन, तर सबैभन्दा ठूलो दल उही बन्छ । मैले संख्यात्मक रूपमा आकलन गरेको छैन ।’ सरकारमा हुँदा गरेको बदमासीका कारण एमाले धेरै कमजोर भएकाले यसपटक तेस्रो दलमा खुम्चने अध्यक्ष नेपालको दाबी रहेको छ ।

  • सम्बन्धित विषय:

  • # माओवादीभन्दा एमाले
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology