Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गठबन्धनका कार्यकर्ता एमालेद्वारा कुटिए, कारबाहीको माग गर्दै सडक अवरुद्ध

गठबन्धनका कार्यकर्ता एमालेद्वारा कुटिए, कारबाहीको माग गर्दै सडक अवरुद्ध

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७९ सोमवार • १३:०३:४२ बजे
  • 343
    SHARES
  • गठबन्धनका कार्यकर्ता एमालेद्वारा कुटिए, कारबाहीको माग गर्दै सडक अवरुद्ध

    दार्चुलामा सत्तारुढ गठबन्धनमा आबद्ध दलका कार्यकर्ताले सडक बन्द गरेका छन् । नेकपा एमालेले कार्यकर्ताले गठबन्धनका कार्यकर्तालाई कुटपिट गरेको भन्दै उनीहरुले सडक बन्द गरेका हुन् ।

    images

    गठबन्धनका कार्यकर्ताले गोकुलेश्वर खार खलंगा सडकको धुलीगडा क्षेत्रमा सडक अवरुद्ध गरेका प्रहरीले जनाएको छ । नौगाड गाउँपालिका–६ खेडमा चुनावी प्रचारप्रसारमा खटिएको गठबन्धन र नौगाडको जामिरमा हुने आमसभामा गइरहेका एमाले कायर्कर्ताबीच आइतबार साँझ झडप भएको थियो ।

    गठबन्धनका कार्यकर्ताले झडपमा संग्लन एमाले कार्यकर्तालाई पक्राउ गरेर कारबाही गरेमात्रै सडक खुलाउने बताएका छन् । जिल्लाभरीबाट सयौं कार्यकर्तालाई गठबन्धनले धुलीगडा खेडा क्षेत्रमा राखेर सडक बन्द गरेको एमाले नौगाड गाउँपालिका अध्यक्ष जनकसिंह ठगुन्नाले जानकारी दिए ।

    सडक अवरुद्ध भएपछि नौगाडमा आयोजित एमालेको चुनावी सभामा हिँडेका एमाले कार्यकर्ता तथा स्थानीय बासिन्दा घर फर्कन थालेका छन् । आज एमालेले नौगाडमा चुनावीसभा गर्दैछ । तर, एमाले कार्यकर्ता होपरीगाड जामिर क्षेत्रमै रोकिएको प्रहरीले जनाएको छ ।

    नेकपा माओवादी दार्चुलाका नेता खडकसिंह धामीले घरमै बसिरहेका सर्वसाधारण नागरिकलाई समेत एमाले कार्यकर्ताले घरमै गएर कुटेको र आफूहरुले त्यसको विरोध गरेको बताउँदै भने, ‘यो झडप हैन्, हाम्रा मान्छेमाथि सयौंले एकै जनालाई कुटपिट गरेका हुन् ।

    हामीले त्यसको विरोध गरेका हौँ ।’ दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले सुरक्षाबैठक राखेर सडक खुलाउने प्रयास भइरहेको बताएका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology