Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने

चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २८, २०७९ सोमवार • १४:५७:५८ बजे
  • 415
    SHARES
  • चितवनको माडीलाई आईटी पार्कको रुपमा विकाश गर्नुपर्ने

    चितवन- ३ मा गठबन्धनका साझा उम्मेदवर डा. भोजराज अधिकारी यतिबेला घरदैलोमा व्यस्त छन् । आफ्नो निर्वाचन क्षेत्रका मतदाताहरूसँग उनलाई आशिर्वाद थाप्दैमा भ्याइनभ्याई छ ।

    images

    अधिकारीले पनि आफ्नो जीत सुनिश्चित भइसकेको बताएका छन् । 'घरदैलोका क्रममा यहाँका जनताले मप्रति देखाउनुभएको आत्मियता र सद्भावले मेरो जित सुनिश्चित भइसेकेको छ,' अधिकारी भन्छन् ।

    हुन पनि चितवनका स्थापित चिकित्सक हुन् डा. अधिकारी । उनी घरदैलोमा पुग्दा मतदाताहरूले आफ्नो स्वास्थ्यका बारेमा जिज्ञासा राख्ने गरेका छन् । 'हामी भोट त तपाईंलाई नै दिने हो । मेरो रिपोर्ट चाहिँ हेरिदिनुहोस् न,' मतदाताको भनाइ उद्धृत गर्दै माओवादीका एक जिल्ला नेताले भने, 'तपाईंले उपचार गरेर स्वस्थ बनाइदिनुभएको छ । भोट त तपाईंलाई नै हो ।'

    प्रचण्डका उत्तराधिकारीका रूपमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका प्रतिनिधिसभाका उम्मेदवार डा. अधिकारीसहितको टिमलाई चनौली र आसपास क्षेत्रका पाका मतदाताले आशिर्वाद दिएका छन् । उनीहरूले डा. अधिकारीलाई भनेका छन्, 'हामीले दिएको आशिर्वाद आजसम्म कसैलाई अफाप भएको छैन । डाक्टर सापलाई समेत विजयको शुभकामना छ ।'

    माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले चितवनमा आयोजित आमसभामा समेत प्रधानमन्त्री तथा नेपाली काङ्ग्रेस का सभापति शेरबहादुर देउवाको रोहवरमा डाईनामिक युवा डा. भोजराज अधिकारीलाई आफ्नो उत्तराधिकारीको रूपमा प्रस्तुत गरेको भनेपछि अधिकारीलाई थप हौसला मिलेका स्थानीय मतदाताहरू बताउँछन् ।

    उम्मेदवार अधिकारीको अभियानमा संलग्न भएका आईटी विज्ञ चिरन्जिबी अधिकारीले चितवनलाई मेडिकल हवको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । चितवनको माडीलाई आईटी पार्कको रूपमा विका सगर्न गठबन्धनका उम्मेदवारलाई विजयी गराउन चिरन्जीबीले जोड दिए ।

  • सम्बन्धित विषय:

  • # आईटी पार्क
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology