Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कमल थापालाई झड्का : पाल्पाका उम्मेदवार गैरे कांग्रेसमा प्रवेश

कमल थापालाई झड्का : पाल्पाका उम्मेदवार गैरे कांग्रेसमा प्रवेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७९ मंगलवार • १०:०६:३३ बजे
  • 553
    SHARES
  • कमल थापालाई झड्का : पाल्पाका उम्मेदवार गैरे कांग्रेसमा प्रवेश

    आसन्न मसिंर ४ गते हुन लागेको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनमा प्रत्यक्षतर्फ पाल्पा क्षेत्र नम्वर २ बाट उमेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल (राप्रपा)का जिल्ला अध्यक्ष खडानन्द गैरे नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

    images

    प्रतिनिधिसभा सदस्यको उमेदवारका लागि मत माग्दै घरदैलो अभियानमा सक्रिय रहँदै आएका गैरे कांग्रेस प्रवेश गरेका हुन् । लामो समय राप्रपाको राजनीतिमा सक्रिय उनले एक विज्ञप्ति जारी गर्दै राप्रपा पार्टी परित्याग गरेर कांग्रेसमा प्रवेश गरेको घोषणा गरेका छन् । नेपाली कांग्रेसको आदर्श र सिद्धान्तलाई आत्मसाथ गर्दै नेपाली कांग्रेसमा प्रवेश गरेको उनले बताए ।

    ‘राप्रपा सदाका लागि परित्याग गर्दै आजैको मितिदेखि मेरो उमेदवारी निष्क्रिय रहेको र कांग्रेससँगको सहकार्यमा आगामी निर्वाचनमा उमेदवार बनेका सत्ता गठबन्धन दलका उमेदवारलाई मेरो पूर्ण समर्थन र सहयोग रहने छ,’ विज्ञप्तिमा भनिएको छ ।

    गैरेलाई नेपाली कांग्रेस पाल्पाका सभापति हिमालदत्त श्रेष्ठले कांग्रेसको सदस्यता हस्तान्तरण गरेका छन् । उनले पार्टीमा नेता गैरेलाई स्वागत गर्दै पार्टीमा उचित स्थान दिने बताए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology