Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

खोटाङमा विशाल भट्टराईलाई गठबन्धनकाे चुनाैती

खोटाङमा विशाल भट्टराईलाई गठबन्धनकाे चुनाैती

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७९ मंगलवार • १०:०९:१३ बजे
  • 379
    SHARES
  • खोटाङमा विशाल भट्टराईलाई गठबन्धनकाे चुनाैती

    आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले )का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ । गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा (एमाले)बाट विशाल भट्टराई उम्मेदवार हुनुहुन्छ ।

    images

    विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित हुनुभएको थियो । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित हुनुभएका भट्टराई विसं २०७० र २०७४ मा विजयी हुनुभएको थियो ।

    प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिनुभएको छ ।

    प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ नेता चुनावी मैदानमा उत्रनुभएको छ । एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

    दश स्थानीय तह रहेको जिल्लामा गत स्थानीय तहको निर्वाचनमा आठ स्थानीय तह वाम–लोकतान्त्रिक गठबन्धनले जितेका थियो । स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतका आधारमा वाम–लोकतान्त्रिक गठबन्धनको ४७ हजार पाँच सय १३ मत छ । एमालेको २८ हजार सात सय ९७ मत रहेको निर्वाचन आयोगको तथ्याङ्कमा उल्लेख छ ।

    स्थानीय तहको निर्वाचनमा वडाध्यक्षमा खसेको मतलाई आधार मानेर हेर्दा प्रदेशसभा (१)मा कांग्रेस १६ हजार नौ सय ३४, माओवादी केन्द्रको आठ हजार चार सय २४ र एकीकृत समाजवादीको एक हजार एक सय २६ गरी गठबन्धनको २६ हजार चार सय ८४ मत छ । एमालेको १३ हजार दुई सय ५९ मात्र छ । स्थानीय तहको चुनावमा वडाध्यक्षको मतका आधारमा प्रदेशसभा (२) मा गठबन्धन नै अगाडि छ ।

    माओवादीको १० हजार तीन सय १२, कांग्रेसको नौ हजार छ सय ९९ र एकीकृत समाजवादीको एक हजार १८ गरी २१ हजार २९ मत खसेको थियो । एमालेको भने १५ हजार पाँच सय ३७ मत छ ।

  • सम्बन्धित विषय:

  • # गठबन्धनकाे चुनाैती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology