Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चुनावपछि काे बन्छ प्रधानमन्त्री, के भन्छन् गठबन्धनका नेता ?

चुनावपछि काे बन्छ प्रधानमन्त्री, के भन्छन् गठबन्धनका नेता ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७९ मंगलवार • १०:१७:३४ बजे
  • 511
    SHARES
  • चुनावपछि काे बन्छ प्रधानमन्त्री, के भन्छन् गठबन्धनका नेता ?

    सत्तारूढ गठबन्धनका शीर्षनेता ‘चुनावी एजेन्डा’का आधारमा भन्दा आफ्ना उम्मेदवार जिताउन ‘प्रधानमन्त्री र मन्त्री बनाउने’ भन्दै मतदाताका घरदैलोमा छन् ।

    images

    विभिन्न जिल्ला गएर ‘गठबन्धन उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री तथा मन्त्री बनाइने’ भन्दै उनीहरूले मतदातालाई ‘मनोवैज्ञानिक दबाब’ दिन थालेको पाइएको हो ।

    जनतालाई विकास, समृद्धि र सुशासन एजेन्डामा सहमत गराउन छोडेर ‘तपाईंका क्षेत्रका उम्मेदवारलाई जिताएको खण्डमा प्रधानमन्त्री र मन्त्री नै बनाइदिन्छौं’ भन्दै जनतामा भ्रम छर्न थालेपछि सत्तारूढ दलका नेता आलोचित बन्न थालेका छन् ।

    सत्तारूढ गठबन्धनको दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार तनहुँमा आयोजित कार्यक्रममा ‘तनहुँ क्षेत्र १ उम्मेदवार तथा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई जिताएर पठाएको खण्डमा प्रधानमन्त्री बनाउन सकिने’ भन्दै मतदातालाई मनोवैज्ञानिक दबाब दिएका छन् ।

    यद्यपि, सत्तारूढ कांग्रेसभित्र प्रधानमन्त्रीका लागि यसअघि नै चार जनाले दाबी पेस गरिसकेका छन् भने कांग्रेस प्रवक्ता डा. रामशरण महतले पटकपटक विज्ञप्ति जारी गर्दै गठबन्धनले चुनाव जितेमा पार्टी सभापति शेरबहादुर देउवा नै प्रधानमन्त्री बन्ने उद्घोष गर्दै आएका छन् ।

    याे खबर राजधानी दैनिकमा छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology