Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

बुद्ध एयरले अब पोखराबाट पनि नियमित बनारस उडान भर्ने

बुद्ध एयरले अब पोखराबाट पनि नियमित बनारस उडान भर्ने

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक २९, २०७९ मंगलवार • १४:३८:५५ बजे
  • 568
    SHARES
  • बुद्ध एयरले अब पोखराबाट पनि नियमित बनारस उडान भर्ने

    प्रसिद्ध निजी हवाई कम्पनी बुद्ध एयरले अब पोखराबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ ।

    images

    आगामी जनवरीदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएसँगै कम्पनीले पोखरा–बनारस–पोखरा नियमित उडान भर्ने भएको हो । सोमबार एक विज्ञप्ति जारी गर्दै बुद्ध एयरले विमानस्थल सञ्चालनमा आएसँगै लगत्तै बनारस उडान भर्ने जनाएको छ ।

    कम्पनीका अनुसार पोखरा–बनारस–पोखरा सातामा ३ दिन नियमित उडान हुनेछ । हाल कम्पनीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट काठमाडौं–बनारस–काठमाण्डौं नियमित उडान भर्दै आएको छ ।

    योसँगै बुद्ध एयरले दोस्रो विमानस्थलबाट पनि अन्तर्राष्ट्रिय उडान भर्ने भएको छ । निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थल यहीँ आउँदो जनवरी, २०२३ देखि सञ्चालनमा ल्याउने तयारी नागरिक उड्डयन प्राधिकरणको रहेको छ ।

  • सम्बन्धित विषय:

  • # बुद्ध एयर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology