Logo

शुक्रवार, कार्तिक १४ गते २०८३

images
images

स्थायी कमिटी बैठकमा आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

स्थायी कमिटी बैठकमा आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

आषाढ १३, २०७७ शनिवार • १९:१४:५२ बजे
  • 1.2K
    SHARES
  • स्थायी कमिटी बैठकमा आफूसहित १६ जनालाई न्याय दिन बामदेव गौतमको माग

     नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी कमिटीको तेस्रो दिनको बैठकमा उपाध्यक्ष वामदेव गौतमले आफूसहित १६ जनालाई न्याय दिन माग गरेका छन् । सीमा समस्यामा केन्द्रित रहेर धारणा राख्ने क्रममा उपाध्यक्ष गौतमले तत्कालीन अवस्थामा आफूहरुले महाकाली नदीको मुहान किटान गर्नुपर्ने माग गर्दा वर्तमान नेतृत्वबाट कारबाही भोगेको स्मरण गरे ।

    images

    आफूसहित १६ जनालाई महाकालीको मुद्दा उठाउँदा कारबाही गरिएको भन्दै उनले एकीकृत पार्टीबाट न्यायको अपेक्षा गरेका छन् । उनले बैठकमा भने, 'महाकाली सन्धिगर्दा अहिलेकै नेतृत्वका साथीहरुले मसहित १६ जनालाई कारबाही गरेका थिए । हामीले उठाएको एजेण्डा आज आएर सहीसाबित भएको छ । अब हामीविरुद्धको कारबाही गल्ती थियो भनेर किन नभन्ने ? हामीलाई न्याय दिनुपर्छ ।'

    एकीकृत पार्टीको तर्फबाट न्याय हुनेमा आशावादी रहेको बताउँदै उनले भने, 'त्यो बेलाका धेरै कुरा नगरौँ । तर हामीले महाकाली सन्धि ठिक छैन । त्यसको सैद्धान्तिक र व्यवहारीक पक्षमा नेपालविरुद्ध थियो । मुहान पनि किटान गरौँ भनिएकै थियो । त्यो गर्दा हामी १६जनाविरुद्ध कारबाही भयो । अहिले आएर सच्चाउनु पर्छ । हामीलाई न्याय चाहिँयो ।' महाकाली सन्धिको बिरोध गरेपछि वामदेव गौतमसहित १६ जनालाई तत्कालीन एमाले नेता (वर्तमान प्रधानमन्त्री) केपी ओलीकै प्रस्तावमा एमालेले कारबाही गरेको थियो ।  

    एक सचिवालय सदस्यका अनुसार आजको बैठकमा पनि प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले केही नभनिकनै बाहिरिएका थिए । ओली बाहिरिएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अध्यक्षले आफूसँग बिरामी भएकाले जान्छु भनेर निस्किएको जानकारी गराए ।

    Source : nagarikkhabar

  • सम्बन्धित विषय:

  • # नेकपा
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology