Logo

बिहिवार, कार्तिक १३ गते २०८३

images
images

संदेश

संदेश

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७७ मंगलवार • १६:४५:३१ बजे
  • 1.8K
    SHARES
  • संदेश
    उजाडिएको बस्तिमा खाँबोले के संदेश देला !
    रित्तो घरमा घोप्टिएको भाँडोले के संदेश देला !!

    भोको पेटलाई अन्न छैन घरमा !
    भारी बोकेका बाल मजदुरले के संदेश देला !!

    चाडपर्वमा रम्नेलाई त खुसीको सिमा नहोला !
    देवी सम्झि पर्सिएको पाठोले के संदेश देला !!

    पर्देशमा दु:ख छैन आमा भन्थ्यो छोरोले !
    हत्केलामा उठेको ठेलाले के संदेश देला !!

    सरकारले त सदन बाट गरीबी उन्मुलन गर्छ !
    सुख्खा रोटि नभेटेको भोकोले के सन्देश देला !!

    कोहि भोको रहदैन भन्थे, प्रधानमन्त्रीले !
    बच्चा रुँदा रित्तिएको, कसौंडिले के संदेश देला !!

    नि:शुल्क उपचारको ब्यवस्था गर्दैन सरकारले !
    रोग दिवसमा बालिएको दियोले के संदेश देला !!

    राम चन्द्र तिम्सिना 
      (आवाज)

  • सम्बन्धित विषय:

  • # साहित्य
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology