Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

भोजपुरबाट प्रतिनिधि सभाका उम्मेदवार सुदन किराती को हुन् ?

भोजपुरबाट प्रतिनिधि सभाका उम्मेदवार सुदन किराती को हुन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७९ बुधवार • १५:०९:२७ बजे
  • 2.1K
    SHARES
  • भोजपुरबाट प्रतिनिधि सभाका उम्मेदवार सुदन किराती को हुन् ?

    भोजपुरबाट प्रतिनिधि सभाका उम्मेदवार सुदन किराती को हुन् ?

    images

    नेकपा (माओवादी केन्द्र) का नेता सुदन किराती भोजपुरबाट प्रतिनिधि सभाका उम्मेदवार छन् । उनी पाँच दलीय गठबन्धनको साझा उम्मेदवार हुन्।

    को हुन् सुदन किराती ?

    वि.सं. २०३५ साल फागुन १२ गते बाबु हर्कबहादुर राई र आमा स्व. रक्षाकुमारी राईको कोखबाट सुदन किरातीको जन्म भएको हो। बाबु बेलायत आर्मी भएकाले सुदनको जन्म हङकङमा भएको थियो।

    रामप्रसाद राई गाउँपालिका- १ भोजपुरका स्थायी बासिन्दा सुदनको विना राईसँग विवाह भएको हो, उनीहरूका एक छोरा छन्।

    २०५४ सालमा सुदनले कम्युनिष्ट पार्टी (नेकपा माले) को सदस्यता लिएका हुन्। उनी २०६४ मा संविधान सभा सदस्यमा प्रत्यक्ष निर्वाचित भएका थिए भने २०७४ मा प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित भएका हुन्। अहिले उनी पुनः भोजपुरबाटै प्रतिनिधि सभाका उम्मेदवार छन्।

    संक्षिप्तमा सुदन किरातीको राजनीतिक जीवनीः

    • २०४६ सालको प्रजातन्त्रसँगै नेकपा मालेको विद्यार्थी संगठनमा आबद्ध
    • २०५० मा स्कुलमा अनेरास्ववियूको प्रारम्भिक कमिटी अध्यक्ष
    • विभिन्न राजनीतिक मुद्दा व्यहोर्दै २०५५ मा तत्कालीन खम्बुवान राष्ट्रिय मोर्चामा संगठित
    • २०५८ बाट पूर्णकालीन भूमिगत राजनीतिमा प्रवेश
    • २०६१–६३ मा माओवादीसँग एकतासँगै सगरमाथा जनकपुर क्षेत्रीय व्यूरो सदस्य
    • सेनाको व्यारेक र विभिन्न जेलको बसाई, शान्ति प्रक्रियापछि जेलमुक्त, जेल जीवन करिब २३ महिना
    • मेची कोशी व्यूरो सदस्य तथा धनकुटा जिल्ला पार्टी सचिव, किराती राष्ट्रिय मुक्ति मोर्चा महासचिव, अध्यक्ष
    • भोजपुर जिल्ला पार्टी अध्यक्षका साथै ०७३ बाट भोजपुर जिल्ला पार्टी इन्चार्ज तत्कालीन माओवादी केन्द्र
    • २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य

  • सम्बन्धित विषय:

  • # सुदन किराती
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology