Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

कञ्चनपुर-१ बाट प्रतिनिधि सभाकी उम्मेदवार बिना मगर को हुन् ?

कञ्चनपुर-१ बाट प्रतिनिधि सभाकी उम्मेदवार बिना मगर को हुन् ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७९ बुधवार • १५:१२:२१ बजे
  • 427
    SHARES
  • कञ्चनपुर-१ बाट प्रतिनिधि सभाकी उम्मेदवार बिना मगर को हुन् ?

    कञ्चनपुर-१ बाट प्रतिनिधि सभाकी उम्मेदवार बिना मगर को हुन् ?

    images

    नेकपा (माओवादी केन्द्र) की नेतृ बिना मगर कञ्चनपुर- १ बाट प्रतिनिधि सभाका लागि उम्मेदवार छिन्। उनी पाँच दलीय गठबन्धनका साझा उम्मेदवार हुन्। अघिल्लो पटक पनि सोही क्षेत्रबाट निर्वाचित भएकी मगरलाई यसपटक पनि माओवादी केन्द्रले सोही क्षेत्रबाट उम्मेदवार बनाएको छ।

    को हुन् बीना मगर ?

    वि.सं. २०४० साल मंसिर २२ गते आमा सावित्री माया मगर र बाबु चन्द्रबहादुर रजान मगरको कोखबाट बिना मगरको जन्म भएको हो। उनका श्रीमन्‌को नाम साकार दाहाल (स्व. प्रकाश दाहाल) हो, उनीहरूका एक छोरा छन्।

    मगर २०७४ मा कञ्चनपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित भएकी थिइन्। उनले खानेपानी मन्त्रीको रूपमा पनि आफ्नो जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरिसकेकी छन्।

    संक्षिप्तमा शक्ति बहादुर बस्नेतको राजनीतिक जीवनीः

    • जनयुद्धको सुरुवाती चरणमा सांगठनिक र सांस्कृतिक अभियानमा सक्रिय
    • २०५६ मा अखिल नेपाल महिला संघ (क्रान्तिकारी) कञ्चनपुरको अध्यक्ष
    • उच्च शिक्षा अध्ययनका क्रममा काठमाडौंमा रहँदा २०६० मा अखिल क्रान्तिकारीको काठमाडौं जिल्ला अध्यक्ष
    • २०६० मा संकटकालको बेला तत्कालीन शाही नेपाली सेनाद्वारा गिरफ्तार।
    • १० वर्षे जनयुद्धमा होमिएकी बिना मगर सोही क्रममा पक्राउ परेकी थिइन्। त्यसबेला उनी बेपत्ता भएकी थिइन्। २७ महिनासम्म हिरासतमा नारकीय जीवन बिताइन्।
    • २०७४ मा कञ्चनपुर १ बाट प्रतिनिधि सभामा निर्वाचित
    • खानेपानी मन्त्रीको रूपमा जिम्मेवारी निर्वाह

  • सम्बन्धित विषय:

  • # उम्मेदवार बिना मगर
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology