Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

कार्तिक ३०, २०७९ बुधवार • १५:२३:१३ बजे
  • 577
    SHARES
  • प्रचण्ड सहभागी हुने चुनावी सभामा बम विस्फोट

    भोजपुरको तिवारी भञ्ज्याङमा आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ ।

    images

    कार्यक्रममा आएको भोजपुर अरुण गाउँपालिका  घर भएका सुमल श्रेष्ठले बोकेको झोलामा भएको बम विस्फोट भएको हो ।

    प्रहरीले ति युवालाई पक्राउ गरेको छ । विष्फोटका कारण सुमलको खुट्टामा चोट लागेको छ भने एक महिला सामान्य घाइते भएका छन् । 

    उक्त कार्यक्रमलाई सम्बोधन गर्न नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महत जाँदैछन् । प्रचण्ड र महत कार्यक्रमस्थल भने पुगिसकेका छैनन् । 

    बाँकी विवरण आउन बाँकी छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology