Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आज मध्यरातिबाट सुरु हुँदै छ ‘स्थिर समय’

आज मध्यरातिबाट सुरु हुँदै छ ‘स्थिर समय’

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • १०:३४:२४ बजे
  • 403
    SHARES
  • आज मध्यरातिबाट सुरु हुँदै छ ‘स्थिर समय’

    आइतबार हुन लागेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि आज मध्यरातिबाट ‘मौन अवधि’ अर्थात ‘स्थिर समय’ सुरु हुँदैछ । आज (बिहीबार) मध्यराति १२ बजेबाट उक्त समय सुरु हुने भएकाले दल तथा उम्मेदवारहरुले प्रचारप्रसारका कुनै पनि गतिविधि पाउने छैनन ।

    images

    ‘स्थिर समय’मा प्रचारप्रसारलगायत कुनै पनि गतिविधि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । यसैकारण दल तथा उम्मेदवारहरुले आजसम्म मात्र प्रचारका गतिविधि गर्न पाउने छन् । भोट हाल्ने दिन ४ गतेको ४८ घण्टाअघिदेखि स्थिर समय अर्थात् मौन अवधि लागू गर्ने प्रावधान छ ।

    यस अवधिमा राजनीतिक दल तथा उम्मेदवारहरुले सभा समारोह, जुलुसलगायत प्रचार र मतदाता प्रभावित पार्ने कुनै पनि प्रकारका चुनावी गतिविधि गर्न पाउँदैनन् ।

    निर्वाचन कसुर तथा सजाय ऐनको दफा २४ को ५ अनुसार निर्वाचन हुनु ४८ घण्टाअघिदेखि सम्बन्धित कुनै पनि कार्यक्रम गर्न पाइँदैन ।

    यो समयभित्र कसैले प्रचारप्रसार गरेको पाइए निर्वाचन कसुर तथा सजाय ऐनले गम्भीर प्रकृतिको कसुर मानेर कडा सजाय गर्न सक्ने प्रावधान छ ।

  • सम्बन्धित विषय:

  • # ‘स्थिर समय’
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology