Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

ऋषि धमलाको चुनावी अभियान कार्यक्रममा कुटाकुट

ऋषि धमलाको चुनावी अभियान कार्यक्रममा कुटाकुट

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • १३:२६:४६ बजे
  • 334
    SHARES
  • ऋषि धमलाको चुनावी अभियान कार्यक्रममा कुटाकुट

    पत्रकार ऋषि धमलाले चलाएको चुनावी टेलिभिजन कार्यक्रममा सहभागी युवाबीच कुटाकुट भएको छ ।

    images

    डडेल्धुरा सदरमुकाममा आज बिहानको चुनावी कार्यक्रम खिच्ने क्रममा युवाबीच माइक खोसाखोस र हात हालाहाल भएको हो ।

    पत्रकार ऋषिको उक्त कार्यक्रममा स्वतन्त्र उम्मेदवार सागर ढकालसहित दलका ठूला उम्मेदवारसमेत सहभागी थिए । त्यसक्रममा उम्मेदवारलाई प्रश्न सोधिरहँदा सबैको पालो नआएको भन्दै युवाहरुले होहल्ला गरेका थिए ।

    होहल्ला बढ्दै गएपछि केही युवाले माइक फालिदिएका थिए भने माइक फालिएपछि विवाद बढ्दै जाँदा युवाबीच कुटाकुट भएको हो ।

    दर्शकदीर्घामा जम्मा भएका एक युवकले सागर ढकाललाई प्रश्न गर्ने क्रममा अर्का युवकले धकेलिदिएपछि कुटाकुटको अवस्था आएको हो ।

    ऋषि धमलाले पटक पटक शान्त भएर प्रश्न गर्न आग्रह गरेका थिए । तर युवाहरु एकआपसमा भिड्न थालेपछि कार्यक्रम नै रोक्नुपरेको थियो ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology