Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

आमनिर्वाचन-२०७९ : एक करोड ८८ लाख ७९ हजार ५७० मतदाता

आमनिर्वाचन-२०७९ : एक करोड ८८ लाख ७९ हजार ५७० मतदाता

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • १५:५५:२१ बजे
  • 670
    SHARES
  • आमनिर्वाचन-२०७९ : एक करोड ८८ लाख ७९ हजार ५७० मतदाता

    निर्वाचन आयोगले मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको छ ।

    images

    आयोगले बिहीबार पत्रकार सम्मेलन गरी निर्वाचनको तयारी लगभग पूरा भएको जनाएको हो । प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले भने, ‘निर्वाचनको तयारी लगभग पूरा भएको छ ।’

    उनका अनुसार यस निर्वाचनमा एक करोड ८८ लाख ७९ हजार ५७० मतदाताले १० हजार ८ सय ९२ मतदानस्थलबाट मतदान गर्नसक्ने छन् ।

    उनले १४१ अस्थायी मतदान केन्द्र रहेको र करिब ४ लाख ५० हजार मतदाताले मतदान गर्ने व्यवस्था मिलाएको बताए । त्यस्तै उनले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ २ हजार ४१२ र २ हजार १९९ समानुपातिक गरी कुल ५ हजार ६३६ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ ।

    त्यस्तै प्रदेशको प्रत्यक्षतर्फ ३ हजार २२४ र समानुपातिकतर्फ ३ हजार ७०८ उम्मेदवार बन्दसूचीमा रहेको पनि आयोगले जनाएको छ । साथै आयोगले राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी ७ हजार २१९ जनाले निर्वाचन पर्यवेक्षणका लागि अनुमति लिएको र उनीहरुले पर्यवेक्षण गर्ने जनाएको छ ।

    निर्वाचनका लागि २,४६९६० कर्मचारी र सुरक्षाकर्मी मतदानस्थल पुगिसकेको आयोगले जनाएको छ । अब दुई दिनभित्र देशभरका मतदान केन्द्र निर्माण गरिसक्न आयोगले जनाएको छ ।

  • सम्बन्धित विषय:

  • # आमनिर्वाचन
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology