Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

चुनावपछि ओली उत्तानो पर्छन् : मेटमणि

चुनावपछि ओली उत्तानो पर्छन् : मेटमणि

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • १५:५७:१० बजे
  • 331
    SHARES
  • चुनावपछि ओली उत्तानो पर्छन् : मेटमणि

    नेकपा एकीकृत समाजवादीका नेता एवं सहरी विकासमन्त्री मेटमणि चौधरीले चुनावपछि एमाले सखाप हुने बताएका छन् ।

    images

    दाङ–१ बाट सत्ता गठबन्धनको साझा उम्मेदवार रहेका चौधरीले एमालेले जनतामा भ्रमित सिर्जना गर्ने कार्य गरिरहेको बताउँदै चुनावपछि एमाले सकिने बताएका हुन् ।

    चुनावी प्रचारका क्रममा दाङमा रहेको चौधरीले बिहीबार मतदाताको घरदैलो कार्यक्रममा बोल्दै एमालेले चुनावमा जनतालाई भड्काउन विभिन्न वहानाबाजी गरिरहेको समेत आरोप लगाए ।

    उनले भने, ‘एमालेले जनतालाई भ्रमित गर्ने काम गरिरहेको छ । एमालेले भन्ने पार्टी चुनावपछि सखाप हुन्छ ।’ मन्त्री चौधरीले एमालेले जनतालाई फेरि गुमराहमा पारेर सत्ता हातमा लिन खोजिरहेको भन्दै यो प्रयासलाई मंसिर ४ मा जनताले देखाइदिनेसमेत बताए ।

    देश र जनताको हितविपरीत काम गरेकाले केपी ओली मंसिर ४ पछि उत्तानो पर्ने उनको भनाइ छ । उनले भने, ‘देशको सातै प्रदेशमा गठबन्धनको सरकार बन्छ र एमाले प्रतिपक्षमा बस्न लायक पनि रहँदै जानुहोला, चुनावपछि ओली उत्तानो पर्छन् ।’

    पटक पटक संसदमाथि हमला गर्ने, संविधानको हत्या गर्न खोज्ने त्यस्ता शासकलाई अब जनताले तह लगाउनुपर्ने उनको भनाइ छ ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology