Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मंसिर ४ मा एमालेको सर्वनाक हार हुन्छ- माधव नेपाल

मंसिर ४ मा एमालेको सर्वनाक हार हुन्छ- माधव नेपाल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • १६:०८:३३ बजे
  • 814
    SHARES
  • मंसिर ४ मा एमालेको सर्वनाक हार हुन्छ- माधव नेपाल

    नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मंसिर ४ को निर्वाचनमा नेकपा एमालेले सर्वनाक हार व्यहोर्ने दाबी गरेका छन् ।

    images

    विकास, समृद्धि र संविधानका रक्षाका लागि नेपाली जनतालाई मतदान गर्ने भन्दै अध्यक्ष नेपालले प्रतिगमनकारी एमालेले सर्वनाक हार व्यहोर्ने दाबी गरेका हुन् ।

    वाम–लोकतान्त्रिक गठबन्धन काठमाडौं–२ ले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले भने– ‘नेपाली जनताले प्रतिगमनकारी शक्ति एमालेलाई मतदान गर्ने छैनन् ।

    जनता विकास, समृद्धि र संविधानको रक्षाका लागि वाम–लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न तयार भइसकेका छन् । यसपटक एमालेले सर्वनाक हार व्यहोर्ने छ ।

    अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने भन्दै जनतामा भ्रम छरिरहेको समेत टिप्पणी गरेका छन् ।

    अध्यक्ष नेपालले भने– ‘केपी ओलीले निर्वाचनपछि आफ्नो पार्टीको सरकार बन्ने भन्दै जनतामा भ्रम छरिरहेका छन् । उनलाई थाहा छैन होला, यसपटक एमालेको सर्वनाक हार व्यहोर्दै छ ।

    त्यसैले निर्वाचनपछि पनि गठबन्धनकै सरकार बन्ने छ ।’ अध्यक्ष नेपालले विकास, समृद्धि र संविधानको रक्षाका लागि पनि गठबन्धनले निर्वाचन जित्नुपर्ने धारणा राखेका छन् ।

    गठबन्धनले निर्वाचन हार्दा देश पुनः प्रतिगमनतर्फ जाने भन्दै अध्यक्ष नेपालले गठबन्धनका उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका छन् ।

  • सम्बन्धित विषय:

  • # माधव नेपाल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology