Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रतिगमनको पक्षधरलाई परास्त गराउन सत्ता गठबन्धनको अपिल

प्रतिगमनको पक्षधरलाई परास्त गराउन सत्ता गठबन्धनको अपिल

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर १, २०७९ बिहिवार • १६:१०:५२ बजे
  • 340
    SHARES
  • प्रतिगमनको पक्षधरलाई परास्त गराउन सत्ता गठबन्धनको अपिल

    सत्ता गठबन्धनका दलहरुले निर्वाचन परिणामले प्रतिनिधि सभा विघटनकारी र प्रतिगमनका पक्षधरहरुको गठबन्धनलाई उदांगो पार्दै परास्त गर्नु परेको बताएका छन् ।

    images

    बिहीबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संयुक्त अपिल जारी गरेका हुन् ।

    अपिलमा उनीहरुले लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारलाई अत्याधिक बहुमतले विजयी गराउन भनेका छन् ।

    संविधानको भावनाअनुरुप लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासका पक्षधर लोकतान्त्रिक वाम गठबन्धनलाई विजयी गराउनुपर्ने उनीहरुको भनाइ छ ।

  • सम्बन्धित विषय:

  • # सत्ता गठबन्धनको अपिल
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology