Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

सूर्य थापालाई आयोगको प्रश्न- भेलु बाजेलाई २ हजार दिएको हो ?

सूर्य थापालाई आयोगको प्रश्न- भेलु बाजेलाई २ हजार दिएको हो ?

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर २, २०७९ शुक्रवार • २०:२६:०५ बजे
  • 370
    SHARES
  • सूर्य थापालाई आयोगको प्रश्न- भेलु बाजेलाई २ हजार दिएको हो ?

    निर्वाचन आयोगले नेकपा एमालेका सूर्य थापालाई स्पष्टीकरण सोधेको छ ।

    images

    प्यूठानबाट प्रतिनिधि सभामा उम्मेदवार रहेका थापालाई सामाजिक सञ्जालमा भेलुबाजेको नामबाट चिनिएका मीनबहादुर बुढालाई २ हजार रुपैयाँ दिई निर्वाचन प्रचारप्रसारमा सहभागी गराएको बारेमा आयोगले स्पष्टीकरणा सोधेको हो ।

    स्पष्टीकरणमा भनिएको छ, ‘निर्वाचन आचारसंहिताका उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी तपाईंले मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद वितरण गर्नु भएको हो, होइन ?

    तपाईंले निज मीनबहादुर बुढा (भेलुबाजे) लाई नगद रकम वितरण गरेको भए निर्वाचन आचारसंहिताको उल्लंघनमा तपाईंलाई किन कारवाही हुनु नपर्ने हो ?

    यो पत्र प्राप्त भएको २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगाना ecn.ppm@election.gov.np मा वा जिल्ला निर्वाचन कार्यालय प्यूठानमा प्राप्त हुने गरी लिखित स्पष्टीकरण पेश गर्नुहुन निर्णयानुसार निर्देशन दिइएको छ ।’

    प्यूठानमा गएर थापाको प्रचारप्रसारमा सहभागी भएका बुढाले केही दिनअघि आफूलाई चुनाव प्रचारमा गए वापत थापाले २ हजार रुपैयाँ दिएको बताएका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology