Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ३, २०७९ शनिवार • १४:५७:५६ बजे
  • 367
    SHARES
  • गोरखामा सीसीटीभी र तारजालीसहित मतगणनास्थल तयार

    मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनपछि मतगणनाका लागि गोरखामा मतगणना स्थल तयार भएको छ ।

    images

    गोरखा–१ को जिल्ला समन्वय समितिको भवन र गोरखा–२ को गोरखा नगरपालिका–९ दलभन्ज्याङ स्थित भू तथा जलाधार व्यवस्थापन कार्यालयको भवनमा मतगणना हुनेछ ।

    सम्बन्धित क्षेत्रको मतदान अधिकृतको कार्यालय रहेको भवनमा मतगणनास्थल बनाइएको हो । मतगणना स्थलमा तारजालीसहित सीसीटीभी समेत जडान गरिएको गोरखा–२ का निर्वाचन अधिकृत नारदप्रसाद भट्टराईले बताए ।

    ‘मतगणना स्थल तयार भइसक्यो’, उनले भने, ‘सुरक्षालाई मध्यनजर गर्दै तारजाली र सीसीटिभी समेत जडान गरेका छौ ।’ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड उम्मेदवार भएका कारण गोरखा–२ को निर्वाचनलाई विशेष रुपमा हेरिएको छ ।

    यता गोरखा–१ को मतगणना स्थल पनि तयार भइसकेको मुख्य निर्वाचन अधिकृत तेजेन्द्र प्रसाद शर्माले बताए । स्थलमा तारजाली सहित सीसीटीभीको व्यवस्था गरिएको उनले जानकारी दिए ।

  • सम्बन्धित विषय:

  • # गोरखामा सीसीटीभी
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology