Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

निर्वाचन भइरहँदा देशभरका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिए

निर्वाचन भइरहँदा देशभरका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिए

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • ०९:३९:४८ बजे
  • 403
    SHARES
  • निर्वाचन भइरहँदा देशभरका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिए

     आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि मतदान जारी छ । आइतबार निर्वाचन भइरहँदा देशभरका विभिन्न स्थानमा शङ्कास्पद वस्तु भेटिएका छन् ।

    images

    देशका विभिन्न ठाउँमा भेटिएकाे शंकास्पद बस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको र कतिपय ठाउँमा डिस्पोजको तयारी भइरहेको प्रहरी प्रवक्ता एवम् डीआईजी टेकप्रसाद राई जानकारी दिए ।

    निर्वाचन बहिस्कार गरेको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पछिल्लो समय देशका विभिन्न ठाउँमा विस्फोट गराउने र शङ्कास्पद वस्तु राख्ने गरेको छ ।

     

    काठमाडौंको तिलगंगा स्थित शारदा माविको मतदान केन्द्र नजिकै सुटकेशमा शंकास्पद वस्तु फेला परेको छ । एकाबिहानै बोरामा बेरिएको सो शंकास्पद बस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।

    त्यस्तै अछामको ढकारी गाउँपालिका–२ कालिका मावि मतदान केन्द्रमा शङ्कास्पद वस्तु फेला परेको छ । बिहान ३–४ बजेतिर नै मतदान केन्द्रको गेटमा उक्त शङ्कास्पद बस्तु फेला परेको हो ।

    त्यसैगरि दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका वडा नम्बर ५ स्थित जनता मावि बस्ताकोट मतदानस्थलमा शंकास्पद वस्तु फेला परेको छ । शंकास्पद बस्तु फेला परेपछि त्यहाँ अझैसम्म मतदान सुरु हुन सकेको छैन । यता बझाङका तीन मतदान स्थलमा शंकास्पद बस्तु भेटिएको छ ।

    जयपृथ्वी नगरपालिका १० चैपुरमा रहेको बालमन्दिर मतदान केन्द्र, थलारा गाउपालिका २ को शारदा मावि र बुङ्गल नगरपालिकाको तोलिचौर मावि मतदान केन्द्रमा शंकास्पद वस्तु फेला परेको हो । ती शंकास्पद बस्तु डिस्पोजको तयारी भइरहेको बझाङका डिएसपी जागेश्वर भण्डारीले जानकारी दिए ।

    मुगुमा पनि ५ वटा मतदान केन्द्रमा शंकास्पद वस्तु भेटिएको छ । खत्याड गाउँपालिकाको रातापानी, जिउका, लाम्रु, गम्था र चिमाडुङ्रीमा शंकास्पद वस्तु भेटिएको हो ।

    मतदान केन्द्रमा भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरिसकेको र अहिले स्थिति सामान्य रहेको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।,

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology