Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

मलेसियाका प्रधानमन्त्री महाथीर पहिलो पटक पराजित

मलेसियाका प्रधानमन्त्री महाथीर पहिलो पटक पराजित

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • ०९:४२:२२ बजे
  • 661
    SHARES
  • मलेसियाका प्रधानमन्त्री महाथीर पहिलो पटक पराजित

    मलेसियामा शनिबार भएको आमनिर्वाचनमा पूर्वप्रधानमन्त्री महाथीर मोहम्मद पराजित भएका छन्।

    images

    एसिया-प्रशान्त क्षेत्रको राजनीतिमा लामो समयदेखि प्रभाव जमाउँदै आएका ९७ वर्षीय महाथीरको पराजयले उनको राजनीतिक यात्रामा विश्राम लगाउन सक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले लेखेका छन्।

    विगत ५० वर्षमा महाथीरको यो पहिलो चुनावी हार हो । सन् १९८१ देखि २००३ सम्म २२ वर्ष मलेसियाका प्रधानमन्त्री रहेका महाथीर यसपालि पराजित मात्र भएनन्, उनले आफ्नो जमानतधरि जोगाउन नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।

    उनले कुल सदर मतको ८ प्रतिशत पनि ल्याउन सकेनन्। सन् २०१८ मा प्रधानमन्त्री भएपछि उनले ससारकै बढी उमेरको प्रधानमन्त्रीका रूपमा गिनिज वर्ल्ड रेकर्ड राखेका थिए । त्यति बेला उनी ९३ वर्षका थिए ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology