Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

म्याग्दीमा १०७ वर्षीय जसमनी कामीले गरे मतदान

म्याग्दीमा १०७ वर्षीय जसमनी कामीले गरे मतदान

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • १०:३८:४६ बजे
  • 490
    SHARES
  • म्याग्दीमा १०७ वर्षीय जसमनी कामीले गरे मतदान

    प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत म्याग्दीमा १०७ वर्षीय वृद्धले मतदान गरेका छन् ।

    images

    मालिका गाउँपालिका–२ रुमका जसमनी कामीले राष्ट्रिय माविको (क) मतदान केन्द्रबाट मतदान गरेको मतदान अधिकृत इश्वरबहादुर भण्डारीले जानकारी दिए ।

    म्याग्दीका १२० वटै मतदान केन्द्रमा आइतबार बिहान ७ बजेदेखि मतदान भइरहेको छ । ६ स्थानीय तह र ४५ वटा रहेको म्याग्दीमा ८६ हजार जना मतदाता छन् ।

    प्रतिनिधिसभामा एक र प्रदेशसभामा दुई वटा निर्वाचन क्षेत्र छन् । १९ जना उमेद्वार प्रतिस्पर्धामा छन् । सर्वसाधारणहरु उत्साहका साथ मतदानका लागि मतदान स्थलमा पुगेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology