रौतहटको एक मतदान केन्द्रमा हवाइ फायर भएको छ ।
आइतबार बिहान मतदानका क्रममा विवाद भएपछि जिल्लाको गुजारा नगरपालिका–४ स्थित मतदान केन्द्रमा प्रहरीले हवाई फायर गरेको हो ।
मतदानका क्रममा दुई पक्षबीच भएको विवादले उग्ररूप लिएपछि प्रहरीले बल प्रयोग गरेको रौतहटका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीले जानकारी दिए ।
मतदान केन्द्र तनावग्रस्त बनेपनि मतदान भने नराेकिएकाे उनले बताए ।