Logo

शनिवार, कार्तिक १५ गते २०८३

images
images

असोज १ गतदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान खोल्ने सरकारको निर्णय

असोज १ गतदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान खोल्ने सरकारको निर्णय

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

भाद्र ३०, २०७७ मंगलवार • १९:४७:३३ बजे
  • 1.4K
    SHARES
  • असोज १ गतदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान खोल्ने सरकारको निर्णय

    सरकारले असोज १ गतदेखि नै लामो दूरीका यातायात र आन्तरिक उडान खोल्ने निर्णय गरेको छ । सरकार प्रवक्ता प्रदीप ज्ञवालीले स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्दै लामो दूरीका यातायात र आन्तरिक उडान सञ्चालन गर्न सकिने निर्णय भएको जानकारी दिए ।

    images
    गाडी सञ्चालनका लागि ५० प्रतिशत सिट क्षमतामा मात्रै यात्रु राख्न पाउने र भाडा पनि ५० प्रतिशत धेरै लिन पाउनेगरी व्यवस्था गरिएको प्रवक्ता ज्ञवालीको भनाइ छ ।

    आन्तरिक उडानका क्रममा पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्नुपर्ने हुन्छ । जहाजमा यात्रा गर्दा ७२ घन्टा अघिसम्मको पिसिआर रिपोर्ट चाहिने ज्ञवालीको भनाइ छ । हवाई भाडादर संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले तोक्ने भएको छ ।

     

  • सम्बन्धित विषय:

  • # आर्थिक
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology