Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

प्रधानमन्त्रीको दौडमा रहेका ओलीले आफैलाई मतदान गर्न पाएनन्

प्रधानमन्त्रीको दौडमा रहेका ओलीले आफैलाई मतदान गर्न पाएनन्

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ४, २०७९ आइतवार • १२:५८:२९ बजे
  • 331
    SHARES
  • प्रधानमन्त्रीको दौडमा रहेका ओलीले आफैलाई मतदान गर्न पाएनन्

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरे पनि आफैलाई भने मतदान गर्न पाएनन् ।

    images

    अध्यक्ष ओलीले सूर्यविनायक नगरपालिकाको बालकोटस्थित महेन्द्र शान्ति विद्यालयको केन्द्रमा पुगेर मतदान गरेका हुन् । झापा–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार रहेका ओलीले मतदान भने भक्तपुरबाट गरेका छन् ।

    मतदाता नामावलीमा ओलीको नाम भक्तपुरमा रहेकाले ओलीले आफैलाई मतदान गर्न नपाएका हुन् । अघिल्लो निर्वाचनमा पनि ओली झापा–५ बाटै निर्वाचित भएका थिए ।

    झापाबाट निर्वाचित भएपछि प्रधानमन्त्री भएका ओली प्रधानमन्त्री बनेका थिए । ओलीले आफूलाई यसपटक पनि प्रधानमन्त्रीको दौडमा राखेका छन् । उनले निर्वाचन अघिनै देश हाँक्ने दाबी गरिसकेका छन् ।

    मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology