Logo

आइतवार, कार्तिक १६ गते २०८३

images
images

नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

मयूरपाटी डिजिटल पत्रिका

मयूरपाटी डिजिटल पत्रिका

मंसिर ५, २०७९ सोमवार • १०:४३:०७ बजे
  • 424
    SHARES
  • नवलपरासी पुर्वको देवचुलीमा मतदान सुरु, सुरक्षा व्यवस्था कडा

    नवलपरासी पुर्वको देवचुली नगरपालिका-४ मा मतदान सुरु भएको छ ।

    images

    देवचुली नगरपालिका वडा नम्बर ४ को शान्ति श्रृजना आधारभुत विद्यालय झाक्रेमा आइतबार समानुपातिकतर्फको मतपेटिका जलाइदिएपछि मतदान रद्द गरिएको थियो ।

    कुल ९ सय ८० मतदाता रहेको झाक्रेमा प्रदेशसभाको समानुपातिकतर्फका लागि मात्र मतदान गराइएको हो ।

    स्थानीय नारायण भण्डारीले मतदान केन्द्रको प्रदेशतर्फको समानुपातिक मतपेटिका जलाएपछि आइतवार केही समय मतदान कार्य रोकिएको थियो ।

    अबेर साझ संघतर्फको प्रत्यक्ष समानुपातिक र प्रदेश तर्फको प्रत्यक्ष तर्फको मतदान गराइएको थियो । प्रदेश समानुपातिक तर्फको मतदान हिजो रद्द गरी आजका लागि पुन: मतदान गर्ने निर्णय गरिएको थियो ।

  • सम्बन्धित विषय:

  • # देवचुलीमा मतदान सुरु
  • मयूरपाटी डिजिटल पत्रिका

    यो नेपाली भाषाको अनलाइन समाचार संस्था बि.स २०७७ जेठ २८ गते (सन २०२० जुन १०) मा स्थापना भएको नेपाली भाषाको इ-पत्रिका हो । मयूरपाटी ड्ट्कम राससको ग्राहक हो ।

    images

    Copyright © All right reserved to Mayur Pati Site By: SobizTrend Technology